default_image

5 years ago

November 12, 2019

‘रोनाल्डो अहिले उत्कृष्ट लयमा छैनन्’

139 views

0 Bookmark

एजेन्सी – युभेन्ट्स सुपर स्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन जारी सिजन २०१९/२० तुलानात्मक रुपमा उच्च हुन सकेको छैन । इटालियन फुटबल प्रशिक्षक फाबियो कापेलोले पछिल्लो तीन वर्षमा पोर्चुगिज कप्तानको प्रदर्शन ओरालो लागेको बताएका छन् ।

इटालियन सिरि ‘ए’मा आइतबार युभेन्ट्सले एसी मिलानलाई १–० ले हराउँदा प्रशिक्षक माउरिजियो सार्रीले रोनाल्डोलाई परिवर्तन गरेका थिए । मध्यसाताको खेलमा पनि उनलाई प्रशिक्षकले परिवर्तन गरेका थिए । लगातार दुई खेलमा परिवर्तन भएको यो सम्भवत पहिलो पटक हो ।

‘रोनाल्डो उत्कृष्ट च्याम्पियन हुन् । त्यसमा कसैले विवाद गर्न आवश्य छैन । तर पछिल्लो तीन वर्षयता उनले कुनै पनि खेलाडीका लागि ड्रिबलमा बिट गर्दै पास दिएका छैनन्,’ कापेलोले भने, ‘अहिलेको क्षणमा उनी उत्कृष्ट लयमा छैनन् । त्यसैले उनलाई परिवर्तन गर्नु सामान्य हो । सार्रीले उनको व्यक्तित्व हेरेर परिवर्तन गर्ने होइन । ‘

कापेलो रोनाल्डोको व्यवहारको आलोचना पनि गरेका छन् । ‘परिवर्तन पछि रोनाल्डो बेन्चमा नबस्नु र प्रशिक्षकसँग विवाद गर्नु राम्रो होइन,’ रियल म्याड्रिडका पूर्व प्रशिक्षकले भने,’ च्याम्पियनहरु पनि परिवर्तन हुन्छन् । सबै चिज राम्रो हुँदा पनि परिवर्तन त हुन्छ नि । उनले सहकर्मीको पनि सम्मान गर्नुपर्दछ । ‘

सार्रीले पनि रोनाल्डोको व्यवहारका विषयमा छलफल गरेका छन् । रोनाल्डोसँगको छलफल सकारात्मक रहेको उनको भनाईबाट बुझिन्थ्यो । ‘परिवर्तनमा खेलाडी रिसाउनु स्वभाविक हो,’ सार्रीले भने, ‘मेहेनत गर्ने खेलाडीको त्यो प्रतिक्रिया स्वभाविक हो । यो प्रशिक्षकका लागि पनि राम्रै हो । ‘

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.