default_image

5 years ago

November 11, 2019

सागको फुटबल टोली घोषणा : रोहित, नवयुग र किरण परेनन्

175 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मंसिर तेस्रो सातादेखि काठमाडौंमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग) को लागि नोपली यु–२३ राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।

टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार २० सदस्यीय नेपाली युवा टोली घोषणा गरेका हुन् । टोलीमा सिनियर टोलीका भरपर्दा खेलाडी कप्तान तथा गोलरक्षक किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द परेनन् । रोहित इन्डोनेसियामा तथा किरण भारतमा व्यावसायिक लिग खेलिरहेका छन् । दक्षिण एसियाली खेलकुद फिफा मितिमा नपरेका कारण यी खेलाडी समावेश नभएका हुन् ।

टोलीमा सिनियर खेलाडीको रुपमा मिडफिल्डर सुजल श्रेष्ठ, गोलरक्षक विकेश कुथ र डिफेन्सिभ मिडफिल्डर विक्रम लामालाई टोलीमा समावेश गरिएको छ । विक्रमले यसपटक डिफेन्सको भूमिका निर्वाह गर्ने सम्भावना रहेको छ । सागमा तीन सिनियर खेलाडी राख्न पाउने प्रावधान छ । अघिल्लो संस्करणमा सिनियर खेलाडीका रुपमा कप्तान विराज महर्जन, मिडफिल्डर विक्रम र फरवार्ड नवयुग श्रेष्ठ समावेश रहेका थिए । यसपटक पनि सोहि टोलीका अधिकांश खेलाडी रहेका छन् ।

टोली घोषणापछि मुख्य प्रशिक्षक महर्जनले कठोर परिश्रमबाट टोली घोषणा गरिको बताए । ‘हामीले लामो समय प्रशिक्षणको मौका पाएका छौं । खेलाडीहरुले राम्रो प्रशिक्षण गरिरहेका छन् । सिनियर खेलाडीले जुनियरलाई मनोवल बढाइरहेका छन्,’ प्रशिक्षक महर्जनले भने, ‘प्रशिक्षण दौरान हामीले ७ मैत्रीपुर्ण खेल खेल्यौ । मैले मेरो खेलाडीलाई राम्रोसँग बुझेको छु । हामी सागका लागि तयार छौं । खेलाडीहरुले शतप्रतिशत दिएर खेल्नेछन् ।’

नेपालले अघिल्लो संस्करणको फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो । उक्त फाइनलका हिरो नवयुग श्रेष्ठ भने यसपटक अन्तिम टोलीमा परेनन् । उनी यसअघि छनोटमा रहेपनि प्रशिक्षक महर्जनले उनलाई अन्तिम टोलीमा समटेनन् । यद्यपी छनोटबाट बाहिरिसकेका गोलरक्षक विकेश कुथु भने टोलीमा समेटिए । किरण टोलीमा नपरेपछि गोलरक्षक पोजिसन कमजोर हुने भएकाले विकेशलाई समावेश गरिएको हो । आक्रमणमा राष्ट्रिय टोलीबाट खेल्ने विमल, अन्जन र अभिषेक रहेकाले नवयुग प्राथमिकतामा परेनन् ।

यस्तै मिडफिल्डमा राष्ट्रिय टोलीको कप्तानी सम्हालिसकेका सुजल श्रेष्ठ छन् । उनलाई राष्ट्रिय टोलीको अनुभव बोकेका सुनिल बल, हेमन्त थापामगर, तेज तामाङ लगायतले साथ दिनेछन् । डिफेन्समा अनन्त, तामाङ दीनेश राजवंशी र सुमन अर्याल राष्ट्रिय टोलीकै पहिलो रोजाईमा खेल्दै आएका छन् । विक्रम लामाले यस डिफेन्समा स्थान बनाउने आँकलन गरिएको छ ।

नेपाली टोली :

गोलरक्षक : विकेश कुथु, अर्पण कार्की, दीप कार्की

डिफेन्डर : अनन्त तामाङ, दीनेश राजवंशी, सुमन अर्याल, विक्रम लामा, विकास खवास, छिरिङ गुरुङ

मिडफिल्डर : सुजल श्रेष्ठ, सुनील बल, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आङदेम्बे, तेज तामाङ, मिक्छेन तामाङ

फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अन्जन विष्ट

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.