5 years ago
November 11, 2019
एजेन्सी – बोरुसिया मोन्चेनग्लाडवाचले जर्मन बुन्डेस लिगामा चार अंकको स्पष्ट अग्रता लिएको छ । वेर्डर ब्रेमेनमाथि ३–१ को जित निकाल्दै मोन्चेनग्लाडवाचले ४ अंकको अग्रता लिन सफल भएको हो ।
यो सिजन उच्च प्रदर्शन गरिरहेको मोन्चेनग्लाडवाचले ११ खेलबाट २५ अंक जोडेको छ । बोरुसियाले ११ खेलमा ८ जित, १ बराबरी र २ हार बेहोरेको छ । दोस्रो स्थानको आरवी लेइप्लिजको २१ अंक छ । बायर्न म्युनिख, फ्रेइवर्गको पनि समान २१ अंक छ ।
मोन्चेनग्लाडवाचको जितमा प्याट्रिक हेर्मनले दुई तथा रामी बेन्सेबैनीले एक गोल गरे । वेर्डर ब्रेमेनका लियोनार्दाेले एक गोल फर्काए ।
२०औं मिनेटमा रामीले गोलमा बोरुसियाले खेलमा अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि नै प्याट्रिकले गोल गर्दै अग्रता दोब्बर बनायो । ५३औं मिनेटमा ब्रेमेनका डेभी क्लासिमले पेनाल्टीमा गोल गर्न सकेनन् ।
५९औं मिनेटमा प्याट्रिकले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरेपछि मोन्चेनग्लाडवाचले खेलमा ३–० को आरामदायी अग्रता लियो । ८७औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो । रामी बेन्सेबैनी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिए । इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा लियोनार्दाेले गोल गरेपनि हार टार्न सकेन । ब्रेमेन ११अंकसहित १४औं स्थानमा छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]