default_image

5 years ago

November 11, 2019

मड्रिडको पूनरागमन जित

78 views

0 Bookmark

एजेन्सी – एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा इस्पान्योलमाथि पूनरागमन जित निकालेको छ । घरेलु टोलीले इस्पान्योलमाथि ३–१ को पूनरागमन जित निकालेको हो ।

एट्लेटिकोको जितमा एन्जल कोरेरा, अल्भेरो मोराटा र कोकीले गोल गरे । सर्जी डार्डेरको गोल सान्त्वना गोल बन्यो । १८औं मिनेटमा सर्जीको गोलमा मड्रिड खेलमा पछि परेको थियो । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्जल कोरेराले बराबरी गोल फर्काएपछि मड्रिड खेलमा फर्किएको थियो ।

५८औं मिनेटमा अल्भेरो मोराटाले गोल गर्दै एट्लेटिकोलाई २–१ को अग्रता दिलाए । उनले भिटोलोको पासमा गोल गरेका थिए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा कोकीले डिएगो कोस्टाको पासमा गोल गर्दै एट्लेटिको मड्रिडलाई ३–१ को पूनरागमन जित दिलाए ।

जितसँगै मड्रिड १३ खेलबाट २४ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित इस्पान्योल ८ अंकसहित रेलिगेसन जोनको १९औं स्थानमा छ ।

ला लिगामै सेभिल्लाले रियल बेटिसलाई २–१ ले पराजित गर्दै चौथो स्थानमा उक्लिएको छ । सेभिल्लाको १३ खेलबाट २४ अंक छ । पराजित रियल बेटिस १३ अंकसहित १७औं स्थानमा छ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.