5 years ago
November 11, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनमाथि सहज जित हात पारेको छ । घरेलु टोली युनाइटेडले ब्राइटनमाथि ३–१ को सहज जित निकालेको हो ।
ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युभेन्टसलाई सहज जित दिलाउन अन्द्रियस पेरेरा र मार्कुस रासफोर्डले गोल गरे । एक गोल उपहार पाउदा ब्राइटनका लेविस डन्कले एक गोल फर्काए ।
एन्थोनी मार्सियलको पासमा अन्द्रियस पेरेराको गोलको युनाइटेडले खेलको १७औं मिनेटमा शुरुवाती अग्रता बनाएको थियो । त्यसको दुई मिनेटपछि नै डेभी प्रोपरले आत्मघाती गोल गरेपछि युनाइटेडले पहिलो हाफमा २–० को अग्रता लियो ।
६४औं मिनेटमा पास्कल ग्रसको पासमा लेविस डन्कले गोल गरेपछि खेल २–१ को अवस्थामा पुगेको थियो । तर, त्यसको दुई मिनेटपछि नै मार्सियलकै पासमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई ३–१ को सहज जित दिलाए । जितसँगै युनाइटेड १२ खेलबाट १६ अंक जोडेर सातौ स्थानमा रहेको छ । पराजित ब्राइटन १५ अंकसहित ११औं स्थानमा छ ।
आइतबार राति नै भएको अर्काे खेलमा वल्भ्सले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको छ । वल्भ्स १६ अंकसहित आठौं तथा एस्टन भिल्ला ११ अंक जोडेर १७औं स्थानमा छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]