5 years ago
November 11, 2019
एजेन्सी – दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका अर्जेन्टिनी स्टार पाउलो डिबालाको निर्णायक गोलमा युभेन्टसले इटालिया सिरी ‘ए’ मा अपराजित यात्रालाई निरन्तरता दिएका छन् ।
घरेलु मैदान एलिनाज एरिनामा युभेन्टसले एसी मिलानमाथि १–० को साँघुरो जित निकाल्दा डिबालाको गोल निर्णायक बनेको हो । डिबाला ५५औं मिनेटमा सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले केही सुन्दर मौकाहरु खेर फालेको थियो । दुवै टोलीका गोलरक्षकहरुले केही सुन्दर बचाउ गरेका थिए । ७७औं मिनेटमा डिबालाले अर्का अर्जेन्टिनी स्टार गोन्जलो हिगुआइनको पासमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । सोही गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो ।
जितसँगै अपराजित रहेको युभेन्टसले १२ खेलबाट ३२ अंक जोडेर शीर्षस्थानमा यथावत छ । युभेन्टसलाई इन्टर मिलान (३१) अंकले पछ्याइरहेको छ । पराजित मिलान १३ अंकसहित १४औं स्थानमा छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]