5 years ago
November 11, 2019
एजेन्सी – मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई सहजै पराजित गरेको छ । घरेलु मैदानमा लिभरपुलले सिटीलाई ३–१ को गोल अन्तरमा पराजित गरेको हो ।
सिटीमाथिको सहज जितसँगै लिभरपुलले अंक तालिकामा ८ अंकको स्पष्ट अग्रता बनाएको छ । प्रिमियर लिगमा अपराजित रहेको लिभरपुलले १२ खेलबाट ३४ अंक जोडेको छ । दोस्रो स्थानको लेस्टर सिटीको समान खेलबाट २६ अंक छ । २६ अंक नै रहेको चेल्सी तेस्रो तथा २५ अंक जोडेको म्यानचेस्टर सिटी चौथो स्थानमा यथावत छ ।
घरेलु मैदानमा सिटीलाई लज्जास्पद हार चखाउन फाविन्हो, मोहम्मद सलाह र साडियो मानेले गोल गरे । सिटीका बर्नाडो सिल्भाले सान्त्वना गोल फर्काए । लिभरपुलले खेलको छैटौं मिनेटमा नै फाविन्होको गोलबाट सिटीविरुद्ध अग्रता बनाएको थियो । फाविन्होले झन्डै २५ यार्डबाट गरेको सशक्त प्रहार सिधै गोलमा परिणत भएको थियो ।
१३औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा मोहम्मद सलाहले हेडमार्फत गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पा¥यो । पहिलो हाफमा २–० को अग्रता लिएको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो ।
५१औं मिनेटमा साडियो मानेले जोर्डन हेन्डरसनको क्रस पासमा पावरफुल हेडर गोल गरेपछि लिभरपुलले खेलमा ३–० को आरामदायी अग्रता लियो । ७८औं मिनेटमा बर्नार्डाे सिल्भाले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिएका थिए ।त्यसपछि पनि सिटीले केही सुन्दर मौका सदुपयोग गर्न नसक्दा सिटी लिभरपुलसँग ३–१ ले पराजित हुन पुग्यो ।
हारसँगै सिटीले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । प्रिमियर लिगमा सिटीको यो दोस्रो हार हो ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]