8 years ago
June 17, 2016
पेरिस (एजेन्सी)– युरो २०१६ अन्तर्गत क्रोएसिया र चेक रिपब्लिक बिचको खेल २-२को बराबरीमा सकिएको छ।
एक समय २-०को अग्रता लिएर खेलमा दह्रो पकड जमाइरहेको क्रोएसियाले अन्तिम समयमा लय गुमाउन पुगेको थियो। क्रोएसियाका लागि पहिलो गोल इभान पेरिसिचले ३७औं मिनेटमा गरेका थिए भने बार्सिलोनाका इभान राकिटिचले दोश्रो हाफमा गोल गर्दै क्रोएसियालाई २-०को अग्रता दिलाएका थिए। उनले खेलको ५७औं मिनेटमा ब्रोजोभिचको पासको सदुपयोग गर्दै गोल गरेका थिए।
तर स्कोडाले ७६औं मिनेटमा चेक गणतन्त्रका लागि गोल गर्दै खेलमा फर्कने संकेत दिए। खेलको अन्तिमसमयमा क्रोएसियाका समर्थकहरुले मैदानमा आगो र पटाका फालेपछि केहि समय खेल रोकिएको थियो। अन्तिम समयमा भिडाले बल हातले छोएपछि चेकले पेनाल्टि पाएको थियो। नेसिडले ९०औं मिनेटमा सो पेनाल्टिमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए।
समूह डीमा अहिले १२ः४५ मा स्पेन र टर्कीबीच प्रतिस्पर्धा हुँदैछ । लगातार दुई खेल जित्नै क्वार्टरफाइनल पुग्ने सम्भावनाबाट क्रोएसिया केही दिन कुर्नु पर्ने अवस्थामा पुगेको छ । क्रोएसियाका ४ अंक पुगेको छ भने स्पेनको ३, चेक गणतन्त्रको १ र टर्की अंक बिहिन ।
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]
November 16, 2024
एजेन्सी – दक्षिण अमेरिकी विश्वकप छनोटमा शनिवार उरुग्वेले कोलम्बियालाई ३- २ हराएको छ। उरुग्वेको जित दिलाउन म्यानुएल उगारटेले इन्ज्युरी समयको ११ औं मिनेटमा निर्णायक गोल गरे । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ५७ औं मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी […]
November 16, 2024
एजेन्सी – क्रिस्टियानो रोनाल्डोको २ गोलसँगै पोर्चुगल फराकिलो जितका साथ नेसन्स लिग फुटबलको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ । अपराजित रहँदै क्वाटरफाइनल पुगेको पोर्चुगलले शुक्रवार पोल्यान्डलाई ५-१ ले हरायो । मैदानमा भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोबाहेक राफेल लेओ, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले गोल गरे । पोर्चुगल लिग ए को समूह १ मा ५ खेलमा […]