default_image

5 years ago

November 10, 2019

फ्रिकिकका राजा मेस्सी

135 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका अधिकाशं खेलमा लियोन मेस्सीको प्रभाव हुने गर्दछ । आफ्नो खेल जीवनको सुरुआतदेखि निरन्तर बार्सिलोनामा रहेका मेस्सी विशेष रुपमा फ्रिकिक प्रहारमा माहिर छन् । सेल्टा भिगोविरुद्ध क्याप नोउमा शनिबार भएको खेलमा पनि मेस्सीले उच्च प्रदर्शन गरे ।

मेस्सीले ह्याट्रिक पुरा गरेको ला लिगाको त्यो खेल बार्सिलोनाले ४–१ ले विजयी भएको थियो । पहिलो गोल पेनाल्टीबाट गरेका मेस्सीले पछिल्ला दुई गोल फ्रिकिकबाटै गरेका थिए । मेस्सीले एकै खेलमा २ वटा फ्रिकिक प्रहार गरेको यो पहिलो पटक होइन । गत साता मात्र उनले फ्रिकिकमा ५० गोलको आँकडा पूरा गरेका थिए ।

सन् २०१५/१६ सिजनमा सेभिल्लाविरुद्ध फ्रिकिमा २ गोल गरेका मेस्सीले गत वर्ष डिसेम्बरमा इस्पान्योलविरुद्ध पनि २ गोल फ्रिकिकमार्फत नै गरेका थिए । टोलीका कप्तान समेत रहेका मेस्सी यो सिजन बार्सिलोनाका लागि बढी गोल गर्ने खेलाडीको सुचिमा शीर्षस्थानमा रहेका छन् ।

सिजनको सुरुवातमा चोटका कारण मैदानबाहिर रहेका मेस्सीले ला लिगामा मात्र ८ गोल गरिसकेका छन् । टोलीका अर्का स्टार लुइस स्वारेजले ६ गोल गरेका छन् । स्वारेज सेल्टाविरुद्धको खेलमा पहिलो रोजाईमा थिएनन् । मेस्सीसहित एन्टोइन ग्रिजमन र अन्सु फातीले टोलीको अग्रपक्ति सम्हालेका थिए ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.