default_image

5 years ago

November 10, 2019

लेवान्डोस्की चम्कँदा डर्टमन्डको लज्जास्पद हार

122 views

0 Bookmark

एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ । डर्टमन्डले घरेलु टोलीसँग ४–० को लज्जास्पद हार बेहोरेको हो ।

आलियान्ज एरिनामा अन्तरिम प्रशिक्षक हान्स डाइटर फ्लिकको प्रशिक्षणमा डर्टमन्डमाथि ४–० को जित निकाल्दा रोवर्ट लेवान्डोस्कीले दुई तथा सर्ज जिनाब्रीले गोल गरे । एक गोल उपहार पाएको थियो । बेन्जामिन पाभर्डको पासमा लेवान्डोस्कीले १७औं मिनेटमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा १–० ले अघि बढाएका थिए । ४७औं मिनेटमा थोमस मुलरको पासमा सर्जी जिनाब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।

७६औं मिनेटमा मुलरकै पासमा रोवर्ट लेवान्डोस्कीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै बायर्नलाई जिततर्फ अघि बढाए । ८०औं मिनेटमा म्याट हमेल्सले आत्मघाती गोल गरेपछि बायर्नले डर्टमन्डलाई ४–० को लज्जास्पद हार चखाए ।

जितसँगै बायर्न ११ खेलबाट २१ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित डर्टमन्डले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । डर्टमन्ड १९ अंकसहित पाँचौ स्थानमा छ । एक खेल कम खेलेको बोरुसिया मोन्चेनग्लाडवाच २२ अंकसहित शीर्षस्थानमा तथा आरबी लेइप्लिज २२ अंकसहित दोस्रो स्थानमा छ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.