default_image

5 years ago

November 10, 2019

भार्डी र म्याडिसन चम्कदा आर्सनल निरिह

68 views

0 Bookmark

एजेन्सी – जेमी भार्डी र जेम्स म्याडिसन चम्कदा लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनलमाथि २–० को जित निकालेको छ । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

आर्सनलमाथिको महत्वपुर्ण जितसँगै लेस्टर प्रिमियर लिगको दोस्रो स्थानमा उक्लन सफल भएको छ । लेस्टरले चेल्सी र एक खेल कम खेलेको म्यानचेस्टर सिटीलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । लेस्टरको १२ खेलबाट २६ अंक छ । समान २६ अंक नै रहेपनि लन्डन क्लब चेल्सी तेस्रो तथा २५ अंकसहित सिटी चौथो स्थानमा छ ।शीर्षीस्थानको लिभरपुलको ३१ अंक छ ।

प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ६८औं मिनेटमा जेमी भार्डीले गोल गर्दै खेलमा गोलको खडेरी अन्त गरे । उनले टिलेमान्सको पासलाई सदुपयोग गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । ७५औं मिनेटमा भार्डीको पासमा म्याडिसनले गोल गर्दै लेस्टरलाई २–० को जित दिलाए ।

हारसँगै आर्सनलका व्यवस्थापक युनाई इम्रीमाथि दवाव बढेको छ । आर्सनलले २२ सेप्टेम्वरमा एस्टन भिल्लालाई ३–२ ले पराजित गरेयता प्रिमियर लिगमा जित हात पार्न सकेको छैन । त्यसयता आर्सनलले ३ बराबरी र २ हार बेहोरेको छ । आर्सनल १२ खेलबाट १७ अंक जोडेर छैटौ स्थानमा छ ।

प्रिमियर लिगकै अर्काे खेलमा टोटेनहम सेफिल्डसँग १–१ गोलको बराबरीमा रोकिएको छ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.