default_image

5 years ago

November 10, 2019

मेस्सीको ह्याट्रिक, फ्रिकिकमै दुई गोल

108 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीको ह्याट्रिक प्रेरित क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सेल्टा डि भिगोमाथि सहज जित हात पारेको छ । बार्सिलोनाले सेल्टा डि भिगोमाथि ४–१ को फराकिलो जित हात पारेको हो ।

नोउक्याम्पमा बार्सिलोनाको सहज जितमा मेस्सीको ह्याट्रिकसँगै सर्जियो बुस्केट्सले एक गोल थपे । मेस्सीले फ्रिकिकमा दुई तथा पेनाल्टीमा एक गाल गरे । सेल्टाका लुकास ओलाजाले एक गोल फर्काए ।

खेलको २३औं मिनेटमा मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा अघि बढाए । जुनियर फिर्पाेले क्रस गरेको बललाई जासेफ आइडोले पेनाल्टी बक्समा ह्यान्ड गरेपछि प्राप्त पेनाल्टीमा मेस्सी चुकेनन् ।

४२औं मिनेटमा ओलाजाले पेनाल्टी बक्सबाहिर प्राप्त फ्रिकिकमा सुन्दर गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर, पहिलो हाफमो इन्ज्युरी समयमा मेस्सीले फ्रिकिकमा सुन्दर गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा २–१ को अग्रता दिलाए ।

दोस्रो हाफको शुरुमै ४८औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दा बार्सिलोनाले खेलमा ३–१ को अग्रता लिन सफल भयो । मेस्सीले तेस्रो गोल पनि फ्रिकिकमै गर्न सफल भएको थिए । खेल सकिन ५ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी रहेका सर्जियो बुस्केटले गोल गर्दै बार्सिलोनालाई ४–१ को फराकिलो जित दिलाए ।

जितसँगै बार्सिलोना १२ खेलबाट २५ अंक जोडेर शीर्षस्थानमा छ । समान २५ अंक रहेपनि रियाल म्याड्रिड गोलअन्तरमा दोस्रो स्थानमा रहेको छ । पराजित सेल्टा ९ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.