5 years ago
November 10, 2019
एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमाको दुई गोल सहयोगमा रियाल म्याड्रिडले स्पेनिस ला लिगामा प्रभावशाली जित निकालेको छ । रियालले इवरमाथि उसकै मैदानमा ४–० को फराकिलो जित निकालेको हो ।
रियालको प्रभावशाली जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोस र फेडरिको भालभेर्डेले गोल गरे । इवरमा रियलले २९ मिनेटभित्रै तथा १२ मिनेटको अन्तरमा ३–० को आरामदायी अग्रता लिएको लियो ।
१७औं मिनेटमा भालभेर्डेको पासमा बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाए । २०औं मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । २९औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियाललाई पहिलो हाफमै ३–० को आरामदायी अग्रता दिलाए । दुई गोल गरेका बेन्जेमाले गेरीका लिजेण्ड फरवार्ड फरेन्क पुस्कसलाई पछि पार्दै रियालको लागि सर्वाधिक गोल गर्ने छैटौ खेलाडी बने ।
६१औं मिनेटमा लुका मोड्रिचको पासमा भालभेर्डेले गोल गर्दै रियाललाई ४–० को सहज जित दिलाए । जितसँगै रियाल १२ अेलबाट २५ अंक जोडेर दोस्रो स्थानमा यथावत छ । समान २५ अंक नै रहेपनि बार्सिलोना गोल अन्तरमा शीर्षस्थानमा छ । पराजित इवर १५ अंकसहित १५आं स्थनमा छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]