default_image

5 years ago

November 9, 2019

प्रिमियर लिगमा वाटफोर्डको पहिलो जित

81 views

0 Bookmark

एजेन्सी – रेलिगेसन जोनमा रहेको वाटफोर्डले इंग्लिस प्रिमियर लिग फुटबलमा पहिलो जित हात पारेको छ । प्रिमियर लिग अन्तरगत शुक्रबार राति भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै पहिलो जित हात पारेको हो ।

वाटफोर्डले यो सिजन १२औं खेल खेल्दा १ मा जित, ५ बराबरी र ६ हारको नतिजा निकालेको छ । वाटफोर्ड ८ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ । नर्विच ७ अंक जोडेर पुछारमा छ ।

खेलको दोस्रो मिनेटमा नै पाहुना टोली वाटफोर्डले जेरार्ड डेउलोफेउको गोलमा अग्रता लिएको थियो । ५२औं मिनेटमा डेउलोफेउकै पासमा आन्द्रे ग्रेले गोल गर्दै वाटफोर्डलाई २–० को अग्रता दिलाए ।

६५औं मिनेटमा क्रिस्टियन कावासेले दोहोरो पहेलो कार्ड दाखै मैदानबाट बाहिरिएपछि वाटफोर्ड १० खेलाडीमा समेटिएपनि घरेलु टोलीले त्यसको फाइदा उठाउन सकेन । वाटफोर्ड २–० ले विजयी रहन सफल भयो ।

प्रिमियर लिगमा लिभरपुल ११ खेलबाट ३१ अंक जोडेर शीर्षस्थानमा छ । २५ अंकसहित म्यानचेस्टर सिटीले लिभरपुललाई पछ्याइरहेको छ । लेस्टर सिटी र चेल्सी समान २३ अंकसहित तेस्रो र चौथो स्थानमा छ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.