9 years ago
June 17, 2016
पेरिस (एजेन्सी) –युरो कप २०१६ अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा इटालीले स्विडेनलाई १-० गोलअन्तरले पराजित गरेको छ ।
समूह चरणको दोश्रो खेलमा दोश्रो जित हात पर्ने क्रममा इटालीका लागि खेलको ८८औं मिनेटमा एडरले गोल गरेका थिए । खेल बराबरी तर्फ धकेलिदैं गएको अवस्थामा अन्तिम समयमा भएको गोलले इटाली अर्को चरण पुग्ने पक्का भएको छ।
पहिलो खेलमा बेल्जियमलाइ २-०ले पराजित गरेको इटालीले अब समुहको अन्तिम खेलमा आएरल्याण्डको सामना गर्नेछ । पहिलो खेलमा आएरल्याण्डसंग १-१को बराबरी खेलेको स्विडेनलाई भने बेल्जियमसंगको अर्को खेल जित्नैपर्ने दवाब परेको छ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]