9 years ago
June 17, 2016
रुस्लान थ्री स्टार क्लब जारी ललित स्मृति यु१८ फुटबल प्रतियोगिताको समूह चरणबाट बाहिरिने पहिलो टोलि बनेको छ|
आज एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टारले सुदुर बिस्कुट सुदुर पश्चिमान्चल फुटबल क्लबसँग २-१ को हार व्यहोर्यो र प्रतियोगिताबाट बाहिरियो| खेलको आठ मिनेटमा सुसन श्रेष्ठको गोलमार्फत अग्रता लिएको थ्री स्टारले २९औं मिनेटमा गोल खादैं खेल बराबरीमा पुर्यायो| सुपका लागि जिबन बुढाले गोल गरेका थिए|
अन्तिम समयमा कप्तान कमल देउबाले गोल गरेपछि सुदुरपश्चिम पहिलो खेलमा जित हात पर्दै अर्को चरणमा प्रवेश गर्ने पहिलो टिम पनि बन्यो|
दिनको अर्को खेलमा सरस्वति युथ क्लब र बुद्ध एअर मोरंग फुटबल क्लबले २-२ को बराबरी खेले| दुइ पटक अग्रता लिएको मोरंगले खेलमा पकड बनाइराख्न सकेन र बराबरीमा नै चित्त बुझाउनु पर्यो| मोरंगका लागि सचिन राज बस्नेत र विदुर रिजालले गोल गरेका थिए भने सरस्वतिका क्षितिज खड्काले दुइ बराबरी गोल फर्काएका थिए|
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]