5 years ago
November 8, 2019
एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको छ । युनाइटेडले सर्वियन क्लब पार्टीजान बेलग्रेडमाथि ३–० को सहज जित हात पार्दै युरोपा लिगको नकआउट चरणमा स्थान सुरक्षित गरेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडलाई सहज जित दिलाउन युवा फरवार्ड मेसन ग्रीनवुड, एन्थोनी मार्सियल र मार्कस रासफोर्डले गोल गरे । खेलको २२औं मिनेटमा ग्रीनवुडले युनाइटेडको गोलको खाता खोलेका थिए । उनले रासफोर्डको पासलाई सदुपयोग गरेका थिए । ३३औं मिनेटमा मार्सियलले गोल गरेपछि युनाइटेड पहिलो हाफमा २–० ले अघि बढ्यो ।
४९औं मिनेटमा एस्ले योङको पासमा रासफोर्डले गोल गरेपछि युनाइटेडले खेलमा ३–० को आरादायी अग्रता बनायो । त्यसपछि थप गोल निस्कन नसक्दा युनाइटेड विजयी रहन सफल भयो ।
जितसँगै युनाइटेडले समूह ‘एल’ मा ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा छ । युनाइटेडले अब समुह चरणमा एस्ताना र एजे अल्कामारसँग खेल्न बाँकी छ । यि दुवै खेलमा पराजित भएपनि युनाइटेडलाई कुनै फरक पर्ने छैन । परााजित बेलग्रेड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा एजे अल्कामारले एफसी एस्तानालाई उसकै मैदानमा ५–० को फराकिलो जित निकाल्दै युरोपाल लिगको नकआउट चराण्मा पुग्ने सम्भावना बलियो बनाएको छ । समूहमा बाँकी दुई मध्ये एक खेलमा जित हात पारेपनि अल्कामार युरोपा लिगको नकआउट चरणमा प्रवेश गर्नेछ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]