5 years ago
November 7, 2019
एजेन्सी – इटालियन जाइन्ट युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रसियन क्लब लोकोमोटिभ मस्कोलाई २–१ ले पराजित गर्दै युभेन्ट्सले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।
वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डगलस कोस्टाले इन्ज्युरी समयमा गोल गर्दै युभेन्ट्सलाई जित दिलाएका थिए । खेलमा अग्रता युभेन्ट्सले आरोन राम्सीको गोलबाट लिएको थियो । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको फ्रि–किकको सदुपयोग गर्दै राम्सीले खेलको चौथो मिनेटमा युभेन्ट्सलाई अघि बढाएका थिए ।
१२औ मिनेटमा पाहुना टिमका अलेक्सी मिरान्चुकले गोल गर्दै मस्को क्लबलाई खेलमा फर्काएका थिए । त्यसपछि पनि दुवै टोलीले गोलका केही अवसरहरु खेर फालेको थियो । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयमा कोस्टाले गोल गर्दै युभेन्टसलाई महत्वपुर्ण ३ अंकसहित च्याम्पियन्स लिगको नकआउट चरणको यात्रामा डोर्याए । समूह ‘डी’ मा रहेको युभेन्ट्सले चार खेलबाट १० अंक जोड्यो । मस्कोको मात्र ३ अंक छ।
यही समूहको अर्काे खेलमा स्पेनिस क्लब एट्लेटिको मड्रिड जर्मन क्लब बायर लिभरकुसेनसँग २–१ ले पराजित भएको छ । थोमसको आत्मघाती गोलबाट लिभरकुसेन खेलमा अघि बढेको थियो । ५५औं मिनेटमा केभिन भोलान्डले गोल गर्दै लिभरकुसेनको अग्रता दोब्बर पारे । इन्ज्युुरी समयको थप गरिएको चौथो मिनेटमा अल्भरो मोराटाले गोल गरेपछि एट्लेटिकोले हार टार्न सकेन ।
पराजित एट्लेटिको ७ अंक जोडेर दोस्रो तथा च्याम्पियन्स लिगमा लिभरकुसेनले ३ अंक जोडेर तेस्रो स्थानमा छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]