5 years ago
November 7, 2019
एजेन्सी – ब्राजिलियन फरवार्ड ग्याब्रियल जेसस पेनाल्टीमा चुक्दा इंग्लिस क्लब म्यानचेस्टर सिटी इटालियन क्लब एटलान्टासँग बराबरीमा रोकिएको छ । मिलानो इटालीमा १० खेलाडीमा समेटिएको सिटी घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
बराबरीसँगै सिटी दुई खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्नबाट वञ्चित बनेको छ । खेलको सातौ मिनेटमा नै रहिम स्ट्रलिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । बर्नाडो सिल्भाको पासमा जेससले पेनाल्टी बक्समा मिलाईदिएको पासलाई रहिमले गोल गरेका थिए ।
४३औं मिनेटमा जेससले पेनाल्टीमा गोल गर्न सकेनन् । बक्सबाहिर प्राप्त फ्रिकिकमा एटलान्टाका खेलाडीले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिटीलाई पेनाल्टीको मौका दिएको थियो । तर, जेसस पेनाल्टी प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो ।
दोस्रो हाफको शुरुमै घरेलु टोलीले मारियो पासालिकले बराबरी गोल फर्काए । ८१औं मिनेटमा सिटी १० खेलाडीमा समेटियो । सिटीका परिवर्तित गोलरक्षक क्लाउडियो ब्राभोले जोसिप इलिसिसलाई फल गरेपछि रेफ्रीले ब्राभोलाई रातो कार्ड दिएका थिए । त्यसपछि सिटीको पोस्ट डिफेन्डर केल वाल्करले सम्हालेका थिए । उनले केही राम्रो बचाउ गरेका थिए ।
बराबरीसँगै सिटी समूह ‘सी’ मा ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत छ । शाख्तर डोनेस्क र डाइनामो जाग्रिवको समान ५ अंक छ । एटलान्टाले पहिलो अंक जोडेको छ । यही समूहमा साख्तर र डाइनामोले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडे ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]