default_image

5 years ago

November 7, 2019

बायर्न नकआउटमा, सनको दुई गोलमा टोटेनहमको फराकिलो जित

73 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिख दुई खेल बाँकी छदै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न सफल भएको छ । बायर्नले बुधबार राति भएको खेलमा ग्रीसको ओलम्पियाकोसलाई २–० ले पराजित गर्दै नकआउट चरणमा पुग्न सफल भएको हो ।

समूह ‘बी’ मा अपराजित रहेको बायर्नले ४ खेलबाट १२ अंक जोड्यो । अब बाँकी दुई खेलमा पराजित भएपनि बायर्नलाई कुनै फरक पर्नेछैन । टोटेनहम ७ अंक जोडेर दोस्रो, रेड स्टार बेलग्रेडको ३ तथा ओलम्पियाकोस १ अंक जोडेर पुछारमा छ ।

निको कोभाकको बर्खास्तीसँगै अन्तरिम प्रशिक्षक हान्स फ्लिकको पहिलो खेलमै सफलता हात पारेको हो । बायर्नको जितमा रोवर्ट लेवान्डोस्की र इभान पेरिसिसले गोल गरे ।

खेलभर नै ओलम्पियाकोसमाथि बल पोजेसनमा पकड जमाएपनि गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । ६९औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । खेल सकिन एक मिनेट बाँकी रहँदा पेरिसिसले गोल गर्दै बायर्नलाई २–० को जित दिलाए ।

यही समूहको अर्काे खेलमा दक्षिण कोरियन फरवार्ड ह्युङ मिन सनको दुई गोल सहयोगमा लन्डन क्लब टोटेनहमले सर्वियन क्लब रेड स्टार बेलग्रेडमाथि ४–० को फराकिलो जित निकाल्यो । जियोभानी लो सेल्सो र क्रिस्टियन इरिक्सनले समान १–१ गोल गरे ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.