5 years ago
November 7, 2019
एजेन्सी – फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा बेल्जियन क्लब ब्रगलाई १–० ले पराजित गर्दै पीएसजीले समूहमा दुई खेल बाँकी छदै समूह ‘ए’ बाट नकआउट चरणमा पुग्न सफल भएको हो ।
अब बाँकी दुवै खेलमा पराजित भएपनि पीएसजीलाई कुनै फरक पर्नेछैन । अपराजित रहेको पीएसजीले समूह ‘ए’ मा ४ खेलबाट १२ अंक जोड्यो । पार्क डि प्रिन्सेस पेरिसमा घरेलु टोलीलाई जिताउन मौरो इकार्डीले गरेको गोल नै निर्णायक बन्यो । इकार्डीले खेलको २२औं मिनेटमा कोलिन डग्वाको पासमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
प्रतिस्पर्धात्मक बनेको खेलमा क्लब ब्रगले दोस्रो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । ७६औं मिनेटमा एमबाय डियाग्नीको पेनाल्टीलाई पीएसजीका गोलरक्षक केलर नाभासले बचाइदिए । ७४औं मिनेटमा थियागो सिल्भाले डियाग्नीलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायतामा क्लब ब्रगलाई पेनाल्टीको मौका दिएको थियो । तर, नाभासले सिल्भाको गल्तीलाई माफ गरिदिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजी १–० ले विजयी रहन सफल भयो । पराजित क्लब ब्रग २ अंक जोडेर तेस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा स्पेनिस क्लब रियाल मड्रिडले टर्किस क्लब गालाटासारेमाथि ६–० को प्रभावशाली जित निकालेको छ ।
रियालको फराकिलो जितमा युवा फरवार्ड रोड्रिगोले ह्याट्रिक पुरा गरे । करिम बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोसले एक गोल थपे । जितसँगै रियाल ७ अंक जोडेर दोस्रो तथा गालाटासारे १ अंक जोडेर पुछारमा छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]