default_image

5 years ago

November 9, 2019

‘रियलका लागि बेन्जेमा रोनाल्डोजस्तै हुन्’

116 views

0 Bookmark

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह ‘ए’ को खेलमा बुधबार रियल म्याड्रिडले गालाटासरेलाई ६-० ले पराजित गर्दा फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले २ गोल र १ असिस्ट प्रदान गरे । यसक्रममा बेन्जेमाले रियलका लागि च्याम्पियन्स लिगमा ५० गोल पूरा गरे ।

खेलपछि बेन्जेमाबारे बोल्दै प्रशिक्षक जिनेदिन जिदानले क्लबका लागि बेन्जेमा र रोनाल्डोको उस्तै भूमिका रहेको बताए । ‘बेन्जेमाको गोल संख्याले पनि उनी कस्ता खेलाडी हुन् भन्ने प्रष्ट पार्छ । फुटबल बुझ्नेलाई उनको स्तरबारे कहिल्यै शंका रहन्न । उनी टोलीको आक्रमणको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन्,’ जिदानले थपे, ‘ रोनाल्डोको प्रस्थानपछि उन्म परिवर्तन भएको पाटो भनेको उनको बुझाइ हो । उनी अहिले थप जिम्मेवार बनेका छन् ।’

‘बेन्जेमा आफैं एक पिता बनेका छन् जसको असर खेलमा पनि प्रष्ट देखिन्छ । म उनको लागि निकै खुसी छु । उनले च्याम्पियन्स लिगमा अल्फ्रेडो डी स्टेफानोको कीर्तिमान तोडेका छन् । रोनाल्डोजस्तै उनी पनि क्लब इतिहासको महत्त्वपूर्ण पाटो बनेका छन्,’ फ्रान्सेली प्रशिक्षकले थपे, ‘उनी निकै राम्रो गरिरहेका छन् र अब त्यस्को फाइदा क्लबले नै लिने हो ।’

जिदानले गालाटासरेविरुद्ध ह्याट्रिक गरेका रोड्रीगोको पनि प्रशंसा गरे । ‘ रोड्रीगो जम्मा १८ वर्ष भए । उनले पाएको अवसरलाई उचित ढंगले सदुपयोग गरेका छन् । उनले आक्रमणमात्र नभएर डिफेन्समा पनि सहयोग गरेका छन् । उनले कडा मिहिनेत गरेको फल मैदानमा प्राप्त गरेका छन्,’ जिदानले भने ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.