5 years ago
November 6, 2019
एजेन्सी – जर्मन क्लब आरवी लेइप्लिज र फ्रेन्च क्लब लियोनले युइएफए च्याम्पियन्स लिग फुटबलमा जित हात पारेको छ । इप्लिजले रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गलाई तथा लियोनले पोर्चुगिज क्लब बेन्फिकालाई पराजित गरेको हो ।
लेइप्लिजले घरेलु टोली जेनिथमाथि २–० को सहज जित निकालेको हो । लेइप्लिजको जितमा डिएगो डिमी र मार्सेल सवित्जेरले गोल गरे । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको इन्ज्युरी समयमा डिएगो डिमीको गोलबाट लेइप्लिज अघि बढेको थियो । त्यसअघि १४औं मिनेटमा मार्सेल हल्सटेनवर्गले गोल गरेपनि भिएआरको सहायताले गोलले मान्यता पाएन ।
६३औं मिनेटमा मार्सेल सवित्जेरले गोल गर्दै २–० को जित दिलाए । जितसँगै लेइप्लिज समूह ‘जी’ मा ९ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित जेनिथ ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
यही समूहको अर्काे खेलमा घरेलु टोली लियोनले बेन्फिकामाथि ३–१ को जित निकालेको हो । लियोनको जितमा जोचिम एन्डरसन, मेम्फिस डिपे र बर्टरान्ड ट्राओरेले गोल गरे । बेन्फिकाका हरिस सेफरोभिकले गोल गरे । जितसँगै लियोन ७ अंक जोडेर दोस्रो स्थानमा छ । बेन्फिका ३ अंकसहित पुछारमा छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]