5 years ago
November 6, 2019
एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमन्डले च्याम्पियन्स लिगमा इटालियन क्लब इन्टर मिलानमाथि पूनरागमन जित निकालेको छ । डर्टमन्डले इन्टर मिलानमाथि ३–२ को पूनरागमन जित हात पारेको हो ।
सिग्नल इडुना पार्कमा मंगलबार राति भएको खेलमा घरेलु टोली डर्टमन्डले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर जित हात पार्दा अचराफ हाकिमीले दुई तथा जुलियन ब्रान्डले एक गोल गरे । इन्टरका लोउटारो मार्टिनेज र माटिस भिसिनोले गोल गरे ।
खेलको पाँचौ मिनेटमा नै मार्टिनेजको गोलबाट डर्टमन्ड खेलमा पछि परेको थियो । ४०औं मिनेटमा भिसिनोले गोल गरेपछि डर्टमन्ड पहिलो हाफमा २–० ले पछि परेको थियो ।
दुई गोलले पछि परेपछि डर्टमन्डले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गर्न सफल भयो । ५१औं मिनेटमा अचराफ हाकिमीले मारियो गोट्जेको पासमा गोल गर्दै डर्टमन्डलाई खेलमा २–१ को अवस्थामा ल्याए । ६४औं मिनेटमा जुलियनले बराबरी गोल फर्काए ।
७७औं मिनेटमा अचराफ हाकिमीले व्यक्तिगत दोस्रो तथा टिमको लागि तेस्रो गोल गरेपछि डर्टमन्ड खेलमा ३–२ ले अघि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा डर्टमन्ड ३–२ ले विजयी हुन सफल भयो ।
जितसँगै डर्टमन्डले समूह ‘एफ’ मा ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । पराजित इन्टर मिलान ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]