9 years ago
June 17, 2016
पेरिस- आज बिहानै भएको जर्मनी र पोल्याण्ड बिचको खेल गोल रहित बराबरीमा टुङिएपछी दुबै टोली अंक बाड्न बध्य भएका छन । दुबै टोली नक-आउट चरणमा प्रवेशको लागि बलियो स्थानमा बसेका छन ।
समूह डीमा जर्मनी र पोल्यान्डको समान ४ अंक छ भने नर्दन आयरल्याणको ३ अंक छ। समूहको अन्तिम खेलमा नर्दन आयरल्यान्डले जर्मनी र युक्रेनले पोल्यान्डको सामना गर्नेछ ।
पहिलो खेल मा जित हात परेपछी दोस्रो खेलपनी जितेर अर्को राउन्डमा प्रबेश गर्ने दुबै टोलिकोको दाउ असफल भएको छ । निर्धरित ९० मिनटमा दुबै टोलिले पाएको मौकाहरु सदुपायोग गर्न नसक्दा खेल ड्र भएको थियो ।
पोल्याण्डले पहिलो खेलमा आयारल्यान्डलाई १-०ले र जर्मनीले युक्रेनलाई २-०ले पराजित गरेको थियो । १९९८मा वर्ल्ड कप जितेर २०००मा युरो जितेर फ्रान्स र २०१२को बिजेता स्पेनले कायम गरेको किर्तिमानमाआफ्नो पनि नाम लेखाउने मौका जर्मनीलाई रहेको छ ।
March 10, 2025
सरिता श्रेष्ठ,काठमाडौं नेपाली राष्ट्रिय महिला फुटबल टोली कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बाप्पो सुब्बाले देशको प्रतिनिधित्व गरेको र गोल पोष्ट सम्हालेको हामीले नजिक बाट देखेका छौं। उनले बचाएको बलमा खुसी हुन्छौं। उनले लिड गरेको नेपाली टोलीले प्राप्त गरेको सफलतामा गर्व पनि गर्छौ। तर एञ्जिलाको इलाम देखि राष्ट्रिय टिमको यात्रा भने सहज थिएन । संघर्षपूर्ण थियो। जसलाई […]
March 10, 2025
विराटनगर (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड विराटनगरमा जारी नवौं रमपम विराट गोल्डकपको फाइनलमा पुगेको छ । विराटनगर सहिद मैदानमा सोमवार भएको सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्बललाई १-० गोलले हराउँदै चर्च ब्वाइज उपाधि दाबेदार बनेको हो । लाक्पा पाख्रिनले गरेको गोलनै चर्च ब्वाइजको जितको लागि निर्णायक बन्यो । ७० […]
March 10, 2025
दिपक बोहोरा,पाँचथर मच्छिन्द्र एफसी फिदिममा जारी पाँचौ पाँचथर गोल्डकप फुटबलमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । फिदिम माविको खेलमैदानमा सोमवार तेस्रो क्वाटरफाइनल हिमालयन शेर्पा क्लब लाई २–१ गोलले पराजित गर्दै मच्छिन्द्र अन्तिम चारमा पुगेको हो । मच्छिन्द्रलाई जित दिलाउन विदेशी खेलाडी स्टेफिन र जय गुरुङले गोल गरे । हिमालयन शेर्पाको लागी सुजन स्याङतानले गोल फर्काए […]