5 years ago
November 6, 2019
एजेन्सी – डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट नजिक पुगेको छ । मंगलबार राति भएको खेलमा बेल्जियन क्लब जेन्कलाई २–१ ले पराजित गर्दै लिभरपुल नकआउट नजिक पुगेको हो ।
समूह चरणमा दुई खेल बाँकी रहँदा लिभरपुलले अब एक खेलमा जित हात पारे नकआउट चरणमा स्थान बनाउनेछ । लिभरपुल ४ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । लिभरपुलले अब नेपोली र साल्जवर्गसँग खेल्न बाँकी छ ।
एनफिल्डमा मंगलबार राति भएको खेलमा लिभरपुललाई जिताउन जर्जिन्हो विज्नल्डम र अक्सलेड चेम्वरलेनले गोल गरे । पाहुना टोलीका एमवीवाना समताले सान्त्वना गोल फर्काए । खेलको १४औं मिनेटमा जर्जिन्हो विज्नल्डमको गोलबाट लिभरपुलले खेलमा शुरुवाती अग्रता लिएको थियो । ४१औं मिनेटमा एमवीवानाले गोल गरेपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो ।
५३औं मिनेटमा अक्सलेड चेम्वरलेनले गोल गर्दै लिभरपुललाई खेलमा पुन अग्रता दिलाए । चेम्वरलेनले मोहम्मद सलाहको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा लिभरपुल २–१ ल्े विजयी हुन सफल भयो । हारसँगै जेन्क १ अंकसहित पुछारमा छ ।
यही समूह ‘ई’ मा इटालियन क्लब नेपोली र अष्ट्रिय क्लब साल्जवर्गले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । नेपोली ८ अंकसहित दोस्रो स्थानमा छ । साल्जवर्ग ४ अंक जोडेर तेस्रो स्थानमा छ ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]