default_image

5 years ago

November 6, 2019

८ गोल, दुई रातो कार्ड, खेल बराबरी

78 views

0 Bookmark

एजेन्सी – ८ गोल र दुई रातो भएको च्याम्पियन्स लिगको रोमाञ्चक र तनावपुर्ण खेलमा इंग्लिस क्लब चेल्सी र डच क्लब आयाक्सले ४–४ गोलको बराबरी खेलेको छ । चेल्सीले घरेलु मैदानमा ९ खेलाडीमा समेटिएको आयाक्ससँग ४–१ ले पछि परेको स्थिति उल्ट्याएर बराबरीमा रोक्न सफल भएको हो ।

स्टामफोर्ड ब्रिजमा खेलको दोस्रो मिनेटमा नै टम्मी अब्राहमको आत्मघाती गोलबाट पाहुना टोली आयाक्स खेलमा अघि बढेको थियो । कप्तान सेजरले पेनाल्टी बक्सबाहिर फल गरेपछि प्राप्त फ्रिकिकमा क्वीन्सी प्रोमिसको प्रहारलाई जोगाउन खोज्दा टम्मीले आफ्न पोस्टमा गोल गरेका थिए ।

 

लगत्तै चेल्सीले पेनाल्टीको मौका पायो । जोयल भेल्टम्यानले क्रिस्टियन पुलिसिसलाई फल गरेपछि प्राप्त पेनाल्टीमा जर्गिन्होले गोल गरे ।
२०औं मिनेटमा हाकिमी जियाचको पासमा क्वीन्सी प्रोमिसले गोल गर्दा आयाक्सले खेलमा २–१ को अग्रता बनायो । ३५औं मिनेटमा चेल्सीका गोलरक्षक किपा अरिजाबालगाले आत्मघाती गोल गरेपछि आयाक्सले पहिलो हाफमा ३–१ को अग्रता लियो ।

५५औं मिनेटमा डोनी भान डि बिकले गोल गरेपछि घरेलु टोली चेल्सीविरुद्ध आयाक्स ४–१ को आरामदायी अग्रतामा पुगेको थियो । ६३औं मिनेटमा सेजर गोल गर्दै चेल्सीलाई खेलमा फर्काउने संकेत देखाएका थिए । दुई मिनेटको अन्तरमा आयाक्सका दुई खेलाडी दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि चेल्सी खेलमा फर्किएको थियो ।

अब्राहमलाई फल गरेपछि डाले ब्लिन्ड ६८औं मिनेटमा तथा ६९औं मिनेटमा जोयल भेल्टम्यानले कलुम हड्सन ओडोइको प्रहारलाई ह्यान्ड गरेपछि रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि आयाक्स ९ खेलाडीमा समेटिएको थियो । त्यसको फाइदा चेल्सीले उठायो । ७१औं मिनेटमा जर्गिन्होले पेनाल्टीमा गोल गर्दै खेललाई ३–४ को अवस्थामा ल्याए ।

७४औं मिनेटमा रिस जेम्सले गोल गर्दै खेललाई ४–४ गोलको बराबरीमा ल्याए । विलियनको क्रसमा कोर्ट जुमाको हेडर क्रसबारमा लागेर फर्किएको रिवाउन्डमा जेम्सले सुन्दर गोल गर्दै चेल्सीलाई बराबरीमा ल्याए । ७८औं मिनेटमा कप्तान सेजरले गोल गरेपनि भिएआरको सहायताले गोलले मान्यता पाएन । त्यसपछि थप गोल निस्कन नसक्दा खेल ४–४ गोलको बराबरीमा सकियो ।

बराबरीसँगै समूह ‘एच’ मा आयाक्स ४ खेलबाट ७ अंक जोडेर शीर्षस्थानमा छ । समान ७ अंक नै रहेपनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा छ । भ्यालेन्सियाको पनि ७ अंक छ । लिल १ अंक जोडेर पुछारमा छ । स्पेनिस भ्यालेन्सियाले फ्रेन्च लिललाई ४–१ ले पराजित गरेको छ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.