default_image

5 years ago

November 6, 2019

मेस्सी चुक्दा बार्सिलोना रोकियो

74 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीले केही सुन्दर मौका खेर फाल्दा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलमा चेक रिपब्लिक क्लब स्लाभिया प्राहासँग बराबरीमा रोकिएको छ । स्लाभियाले घरेलु टोली बार्सिलोनालाई गोलरहित बराबरीमा रोकिएको हो ।

घरेलु मैदान नोउ क्याम्पमा पाहुना टोलीलाई दवावमा राखेपनि स्लाभियाको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन पुग्यो । खेलको ११औं मिनेटमा जेरार्ड पिकेको प्रहार बाहिरिदा बार्सिलोना अग्रता लिनबाट चुकेको थियो ।

३५औं मिनेटमा आर्टुरो भिडालको पासमा कप्तान लियोनेल मेस्सीको प्रहार क्रसबारमा लागेर बाहिरिदा बार्सिलोना चुकचुकाएको थियो । ४३औं मिनेटमा भिडालको पासमा मेस्सीको प्रहार गोलरक्षक ओनरेज कोलारले सहजै बचाए । पहिलो हाफको इन्ज्युरी समयमा प्राहाले गोल गरेपनि गोलले मान्यता पाएन ।

७८औं मिनेटमा अन्सु फातीको पासमा मेस्सीको प्रयास गोलरक्षकले विफल पारिदिए । इन्ज्युरी समयमा अर्काे एउटा सुन्दर मौका पाएपनि सदुपयोग शुन नसक्दा बार्सिलोना गोलरहित बराबरीमा रोकियो ।

बराबरीसँगै बार्सिलोना समूह ‘एफ’ मा ४ खेलबाट ८ अंक जोडेर शीर्षस्थानमा यथावत छ । प्राहा २ अंक जोडेर पुछारमा छ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.