default_image

5 years ago

November 6, 2019

च्याम्पियन्स लिग अघि बेलकै चर्चा

96 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडले च्याम्पियन्स लिगको समूह चरणमा गालातासारेसँग दोस्रो भेटमा पनि सफलता प्राप्त गर्ने अपेक्षा गरेको छ । तर, फेरि पनि एक पटक प्रि म्याच कन्फ्रेन्स गेराथ बेलमा केन्द्रित भएको छ । टोलीका प्रशिक्षक जिनेदिन जिदानले वेल्सका बेल कम्तिमा सिजनको अन्त्यसम्म क्लबमै रहनेमा आशावादी रहेको बताएका छन् ।

‘म बेललाई यो सिजनको अन्त्यसम्म पनि यहि रहुन् भन्ने चाहन्छु,’ गालातासारेविरुद्ध खेलअघि आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कतिपयले जनवरीमा उनले क्लब छाडुन भन्ने चाहेको बताएका छन् । तर त्यो वकवास हो । हाम्रा समर्थकले सकारात्मक सोच्नुपर्दछ । हामी उनलाई क्लबमै रहेको देख्न चाहन्छौं ।’

जिदानले उनी पूर्ण रुपमा फिट भएर फर्कुन भन्ने चाहेको बताए । तर अहिले उनी पूर्ण रुपमा ठिक नभएको पनि उनले प्रष्ट पारे । तर क्लबका लागि फिट नभएका बेल वेल्सको राष्ट्रिय टोलीमा भने समेटिदा कतिपय समर्थक आश्चार्यमा परेका थिए । जिदानले वेल्सका प्रशिक्षक रायन गिग्सको निर्णयको बचाउ समेत गरे ।

‘हामी खेलाडीको सहजतालाई पनि हेर्छौ । अहिलेको क्षणमा सामान्यता खेल्नका लागि बेल तयार छैनन्,’ जिदानले भने,’ उनलाई टोलीमा समेट्ने अधिकार वेल्ससँग छ । खेलाडी पनि फिट हुन चाहन्छन् । त्यसमा कुनै शंका छैन । यो साता के हुन्छ हामी हेर्छौ । तर अहिले सम्मको अवस्थामा उनी फिट छैनन् । ‘

जिदानले फेरि एक पटक उनको र बेलका बीचमा राम्रो सम्बन्ध रहेको बताएका छन् ।’ हाम्राबीचमा राम्रो सम्बन्ध छ । हरेक दिन राम्रो छ । म हरेक खेलाडीलाई माया गर्छु,’ जिदानले थपे, ‘बेलसँग केहि नराम्रो भएको छ । यो सिजन पनि केहि भएको छ । तर सञ्चारमाध्यमले जहिले पनि उनलाई छिटो निकालेको भन्दै प्रश्न गर्छन । तर, मैले सधै त्यस्तै गरको हुन्छ ।’

जिदानले केहि खेलाडीसँगको सम्बन्ध निकटताको रहने उल्लेख गर्दै भने, ‘हरेक खेलमा बेल टोलीसँगै हुन्छन् । मध्यान्तरमा पनि टोलीलाई साथ दिइरहेका हुन्छन् । तर, सञ्चारमाध्यमले हरेक पटक फरक देख्न चाहन्छ । बेल टोली जितेको हेर्न चाहन्छन् । यसमा मलाई कुनै शंका छैन ।’

फ्रान्सेली युवा फरवार्डको अर्को प्रसंगमा उनले धेरै बोल्न चाहेनन् । हालै मात्र उनले कुनै दिन रियलमा खेल्न चाहेको सञ्चारमाध्यममा प्रकाशित भएको थियो । ‘भविष्यमा के हुन्छ त्यो उनमै निर्भर गर्छ,’ जिदानले भने, ‘अहिले उनी पेरिस सेन्ट जर्मेन (पिएसजी) मा छन् । भविष्यमा हेरौं के हुन्छ । रियलबाट एक दिन खेल्ने सपना रहेको उनी आफैले सधै भन्दै आएका छन् ।’

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.