default_image

5 years ago

November 5, 2019

रियल म्याड्रिडलाई फ्रिकिकको चिन्ता

118 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडको प्रदर्शन क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछि खस्केकोमा सायदै दुइमत होला । रोनाल्डोको प्रस्थानपछि आक्रमणमा कमजोर बनेको रियल अर्को पक्षमा पनि पछाडी परेको छ, त्यो हो फ्रिकिक ।

रोनाल्डो रियल म्याड्रिडमा रहँदा फ्रिकिक पनि गोल गर्ने ठूलो अवसरका रुपमा रहने गर्थ्यो । उनले फ्रिकिकबाट सिधै गोल गर्ने मात्र नभएर अन्य खेलाडीलाई पनि गोलको अवसर सिर्जना गर्दथे । विपक्षी डिफेन्सलाई उनको फ्रिकिक क्लियर गर्न निकै समस्या पर्ने गर्दथ्यो । तर रोनाल्डोको प्रस्थानपछि भने रियलमा फ्रिकिक प्रहार गर्ने खेलाडीको कमी महसुस भएको छ ।

रियलका लागि यस सिजन सात फरक खेलाडीले फ्रिकिक प्रहार गर्ने जिम्मेवारी लिएका छन् । त्यसमध्य लगभग हरेक पटक नै आलोपालो फ्रिकिक प्रहार हुँदै आएको छ । तर कुनै खेलाडीले पनि गोल गर्न भने सकेका छैनन् । टोनी क्रुस र क्यासेमिरोले बेटिसविरुद्ध गोल गर्न सकेनन् । सर्जियो रामोसले त्यसअघि गरेका प्रयासले पनि सफलता पाउन सकेन ।

रोनाल्डोले क्लब छाड्नुअघि ९६ प्रयासमा ७ गोल गरेका थिए । त्यसपछि रियलले फ्रिकिकमा गोल गर्न निकै संघर्ष गर्नुपरेको छ । पछिल्लोपटक रियलका लागि फ्रिकिकमा गोल जनवरी १३ तारिखमा ड्यानी सेबालोसले गरेका थिए । उनी अहिले आर्सनल पुगिसकेका छन् । त्यसपछि १९ प्रहारमा गोल हुन सकेको छैन । रोनाल्डो रियलमा हुँदा नै फ्रिकिक प्रहार गर्ने गरेका ग्यारेथ बेलमाथि निकै आशा राखिएपनि उनले ६८ प्रयासमा ४ गोल गरेका छन् ।

प्रि-सिजनको खेलमा ब्राजिलियन युवा फरवार्ड रोड्रीगो गोएसले फ्रिकिकमा गोल गरेका थिए । उनले बायर्नविरुद्ध मैत्रीपूर्ण खेलमा उत्कृष्ट फ्रिकिक गोल प्रहार गरेका थिए । तर उनले प्रतिस्पर्धात्मक खेलमा भने फ्रिकिक प्रहार गर्ने अवसर पाएका छैनन् । रोनाल्डोपछि आक्रमणमा विकल्पको खोजी गरिरहेको रियलले अब फ्रिकिक प्रहार गर्ने क्षमता भएका खेलाडीमा नजर राख्न सक्छ । लामो समयदेखि रियलको ट्रान्सफर लक्ष्य रहेका मिडफिल्डर पल पोग्बा र क्रिस्टियन एरिक्सन उचित विकल्प हुन सक्छन् ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.