default_image

5 years ago

November 7, 2019

बार्सिलोनाका पुर्व स्टार गोमेजको सफल शल्यक्रिया

72 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा इंग्लिस क्लब एभर्टनका पोर्चुगिज सेन्ट्रल मिडफिल्डर आन्द्रे गोमेजको सफल शल्यक्रिया भएको छ । उनको एन्ट्री अस्पतालमा आइतबार साँझ सफल शल्यक्रिया भएको हो ।

प्रिमियर लिग अन्तरगत गुडिसन पार्कमा शनिबार राति टोटेनहम हस्टपरविरुद्धको खेलमा गोमेजको दाया खुट्टाको एंकल फ्याक्चर भएको थियो । ह्युङ मिन सनको गम्भीर ट्याकलमा पर्दा गोमेजको खुट्टाको इंकल नै भाँचिएको थियो । लगत्तै उनलाई अस्पतालमा पुर्‍याइएको थियो ।

आफ्नो ट्याकलमा एंकल फ्याक्टर भएपछि सन पनि सम्हालिन सकेका थिएनन् । रेफ्रीबाट रातो कार्ड पाएपछि उनी रुदै मैदानबाट बाहिरिएका थिए । यधपी टोटेनहमले उक्त कार्ड सहि नरहेको भन्दै प्रिमियर लिगसमक्ष अपिल गरेपछि कार्ड भने फिर्ता भएको छ । सनले अब कुनै खेल गुमाउने छैनन् ।

सफल शल्यक्रिया भएसँगै गोमेजले शल्यक्रियामा संलग्न मेडिकल स्टाफ डक्टर, आफ्ना समर्थक र टिम सहयात्री धन्यवाद दिएका छन् । उनी अबर निरन्तर उपचारमा रहनुका साथै रिह्यावमा व्यस्त हुनेछन् । उनले यस सिजन सबै खेल गुमाउने छन् भने अर्को सिजनको सुरुवाती खेल पनि शंकाको घेरामा रहेको बुझिएको छ ।

क्लबका विज्ञप्ति जारी गर्दै गोमेजको सफल शल्यक्रियासँगै टोलीको प्रशिक्षण वातावरण शान्त बनेको बताएका छन् । ‘शल्यक्रियाको प्रक्रिया एकदमै राम्रो भएको छ । अब गोमेजले केही समय अस्पतालमै बिताउनेछन् । त्यसपछि क्लबको मेडिकल स्टाफको सल्लाहमा युएसएम फिन्च फार्ममा रिह्याव गर्नेछन् । आशा छ गोमेज छिट्टै खेलमा फर्कनेछन् ।’ क्लबको विज्ञप्तिमा उल्लेख छ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.