default_image

5 years ago

November 5, 2019

काउटिन्होकै पथमा ग्रिजमन

90 views

0 Bookmark

एजेन्सी– एन्टोइन ग्रिजमनलाई बार्सिलोनाले निकै अपेक्षाका साथ एट्लेटिको म्याड्रिडबाट यो सिजन भित्राएको थियो ।

ग्रीजमनको प्रवेशसँगै ब्राजिलियन स्टार फिलिप्पे काउटिन्होले टोलीमा पहिलो रोजाईमा पर्ने सम्भावना कम भयो । त्यहि कारणले काउटिन्हो लोनमा बायर्न म्युनिख गए । तर, फ्रान्सेली स्टार ग्रिजमनले पहिलो सिजनको अहिले सम्मको अवस्थामा काउटिन्होको भन्दा उच्च प्रदर्शन गर्न सकेनन् ।

बार्सिलोनाका लागिा १०४७ मिनेट खेल्दा ग्रिजमनले जसमा ४ गोल मात्र गर्न सकेका छन् । त्यस्तै ३ गोलका लागि एसिस्ट गरेका छन् । बार्सिलोनामा दोस्रो वर्ष काउटिन्हो अवस्था लगभग अबस्था त्यति नै थियो । उनले १०८० मिनेट खेल्दा अहिले ग्रिजमनको जस्तै गोल र एसिस्ट गरेका थिए ।

फरवार्ड लाइनमा भन्दा ग्रिजमले रक्षापंक्तिमा बढी योगदान गरेको देखिन्छ । उनले विपक्षीका ३४ वटा आक्रमण रोकेका थिए । त्यो त्यति नै समयमामा काउटिन्होले ३२ वटा आक्रमण विफल पारेका थिए । काउटिन्होले त्यस अवधिमा गोलका लागि २१ वटा सट प्रहार गरे भने ग्रिजमनले १७ वटा सट प्रहार गरेका थिए ।

ला लिगामा यो सिजन अझै बार्सिलोनाले २७ खेल खेल्न बाँकी छ । ला लिगाका अन्य क्लबले भन्दा बार्सिलोनाले १ खेल कम खेलेका छन् । बार्सिलोना र रियल म्याड्रिडबीचको एल क्लासिको सरेका कारण अन्य क्लबले भन्दा एक खेल कम छ । ग्रिजमनले नयाँ क्लबमा आफुलाई स्थापित गर्ने समय अझै छ । यद्दपी अहिलेको अवस्था हेर्दा उनले बार्सिलोनामा आफ्नो प्रभाव छाड्न सहज भने छैन ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.