5 years ago
November 5, 2019
एजेन्सी – जोसे माउरिन्हो प्रिमियर लिग क्लब फर्कने सम्भावना बढेको छ । आर्सनलले माउरिन्हो लिने विषयमा छलफल अघि बढाएको छ । लन्डन क्लबले युनाई इम्रीलाई लिएर धर्यता गुमाउँदै गएको समाचारहरुमा उल्लेख गरिएको छ ।
म्यानचेस्टर युनाइटेड छाडेयता माउरिन्हो कुनै क्लबमा आबद्ध छैनन् । पोर्चुगिज प्रशिक्षक पुनः प्रिमियर लिग फर्के भने रोमाञ्चकता बढ्ने सम्भावना रहन्छ । आर्सनलका प्रतिनिधि र माउरिन्होबीच यो साता छलफल भएको बताइएको छ । छलफल सकारात्मक रुमपा अघि बढेको बताइन्छ ।
आर्सनल अर्को सिजन च्याम्पियन्स लिग खेल्न चाहन्छ । जुन चाहना इम्रीबाट पुरा हुन सम्भावना कम देखिदै गएको छ । जसका कारण क्लबका समर्थक स्पेनिस प्रशिक्षकसँग खुसी छैनन् । ११ खेल सकिदा आर्सनल १७ अंकसहित पाँचौं स्थानमा छ ।
जबकी चौथो स्थानमा रहेको चेल्सी र तेस्रो स्थानमा रहेको लेस्टरको समान २३ अंक छ । शीर्षस्थानमा रहेको लिभरपुलको ३१ र दोस्रो स्थानको म्यानचेस्टर सिटीको २५ अंक छ । प्रिमियर लिगका शीर्ष ४ मा पर्ने टोलीले मात्र च्याम्पियन्स लिग खेल्न पाउनेछन् ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]