default_image

5 years ago

November 4, 2019

बायर्न प्रशिक्षक कोभाक बर्खास्त

129 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बायर्न म्युनिखले आफ्ना मुख्य प्रशिक्षक निको कोभाकलाई बर्खास्त गरेका छन् । जर्मन बुन्डेसलिगा अन्तरगत शनिबार राति इन्ट्रक्ट फ्रांकफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि बायर्नले मुख्य प्रशिक्षक कोभाकलाई आइतबार राति बर्खास्त गरेको हो ।

बुन्डेस लिगाको पछिल्लो १० सिजनमा बायर्नको यो सबैभन्दा खराब प्रदर्शन हो । बायर्नले विज्ञप्ति जारी गर्दै प्रशिक्षकसँगको सल्लाहमै यो निर्णयमा पुगेको उल्लेख गरेको छ । क्रोएसियाका ४८ वर्षे पूर्व मिडफिल्डर कोभाकले सन् २०१८ को जुलाईमा बायर्नको प्रशिक्षण सम्हाल्न आइपुगेका थिए । त्यहाँ उनले गत सिजन बुन्डेसलिगा र लिग कप जितेका थिए ।

कोभाकले १८ महिने बायर्न बसाईका लागि क्लबलाई धन्यवाद पनि दिएका छन् । कोभाक बर्खास्त गरेसँगै बायर्नले सहायक प्रशिक्षक हान्सी फ्लिकले जिम्मेवारी सम्हाल्नेछन् ।  बायर्न म्युनिखले बुझबार च्यामिपयन्स लिगमा ओलम्पियाकोसँग र शनिबार बण्डेस लिगामा बोरुसिया डोर्टमण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

बायर्नले पछिल्लो ४ खेलमा १ मात्र जित दर्ता गरेको थियो । फ्रान्कफर्टअघि होफेनहाइमसंग पनि पराजित बायर्नले अपेक्षित प्रदर्शन गर्न सकेको छैन । च्याम्पियन्स लिगमा टोटेनहमविरुद्ध ७-० को जित दर्ता गरेपनि घरेलु लिगमा भने टोलीको प्रदर्शन बिर्सनलायक रहेको छ । बायर्न लिगको अंक तालिकामा चौथो स्थानमा रहेको छ । लिगको शीर्षस्थानमा रहेको बोरुसिया मोन्चेनग्लाडबाकभन्दा ४ अंक पछाडी रहेको छ ।

March 3, 2025

सनिश सर्वोत्कृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]

March 3, 2025

केपी ओली कपमा मच्छिन्द्रको ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]

March 3, 2025

एनएसएलमा धनगढीबाट ओलावालेको निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो।‌ यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]

Success

Thank you for your time.