5 years ago
November 4, 2019
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ आफ्नो कमजोर प्रदर्शनलाई निरन्तरता दिदा घरेलु मैदानमा लाजियोसँग पराजित भएको छ । घरेलु मैदानमै मिलान लाजियोसँग २–१ ले पराजित भएको हो ।
लाजियोले तीस वर्षपछि एसी मिलानलाई उसको मैदानमा हराएको हो । लाजियोको जितमा सिरो इम्मोबिले र जोवाक्वीन कोरियाले गोल गरे । घरेलु टोलीले आत्मघाती गोल उपहार पाएको थियो । खेलको २५औं मिनेटमा लाजियोले अग्रता लिएको थियो । सिरो इम्मोबिले लाजेरिको पासमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । यो इम्मोबिलेको लाजियोका लागि १ सयौं गोल पनि थियो ।
तीन मिनेटपछि लाजियोका बास्टोसले आत्मघाती गोल गर्दा पहिलो हाफ १–१ गोलको बराबरीमा सकियो । ८३औं मिनेटमा लुइस अल्बर्टोको पासमा कोरियाले गोल गर्दै लाजियोलाई जित दिलाए । लाजियोले झन्डै ३० वर्षपछि मिलानको मैदानमा जित दर्ता गरेको हो ।
जितसँगै लाजियो २१ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । मिलान १३ अंकसहित ११औं स्थानमा छ । युभेन्टस (२९), इन्टर मिलान (२८) र रोमा (२२) अंकसहति शीर्ष तीनमा छन् ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]