5 years ago
November 3, 2019
एजेन्सी – जर्मन बुन्डेस लिगामा बोरुसिया डर्टमन्डले प्रभावशली जित हात पारेको छ । डर्टमन्डले वल्सवर्गमाथि ३–० को प्रभावशाली जित हात पारेको हो ।
वल्सवर्गले डर्टमन्डलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न सकेन । ५२औं मिनेटमा थोर्गन हजार्डको गोलमा डर्टमन्डले खेलमा अग्रता बनायो । ५८औं मिनेटमा राफयल गुरेरोले गोल गर्दै डर्टमन्डको अग्रता दोब्बर पार्यो । खेल सकिन दुई मिनेट बाँकी रहँदा मारियो गोट्जेले पेनाल्टीमा गोल गर्दै डर्टमन्डलाई ३–० को प्रभावशाली जित दिलाए ।
जितसँगै डर्टमन्ड १९ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । २२ अंकसहित बोरुसिया मोन्चेग्लावाच शीर्षस्थानमा छ । पराजित वल्सवर्ग १७ अंक जोडेर सातौ स्थानमा छ ।
बुन्डेस लिगाकै अर्काे खेलमा बोरुसिया मोन्चेग्लावाचले बायर लिभरकुसेनलाई २–१ ले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ । मोन्चेग्लावाचको १० खेलबाट २२ अंक छ । पराजित लिभरकुसेन १०औं स्थानमा छ ।
टिमो वेर्नरले ह्याट्रिक सहयोगमा आरवी लेइप्लिजले मेइन्जमाथि ८–० को फराकिलो जित हात पारेको छ । जितसँगै लेइप्लिज तेस्रो स्थानमा उक्लिएको छ । मेइन्ज ९ अंकसहित १४औं स्थनमा छ ।
अन्य नतिजा
होफेनहाइनविरुद्ध पादेरवर्न (३–०)
फ्रान्कफर्टविरुद्ध बायर्न म्युनिख (५–१)
वेर्डर ब्रेमेनविरुद्ध फ्रेइवर्ग (२–२)
युनियन बर्लिनविरुद्ध हर्था बर्लिन (१–०)
March 3, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]
March 3, 2025
एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]