default_image

5 years ago

November 3, 2019

लुकाकु चम्कदा इन्टर मिलानको जित

76 views

0 Bookmark

एजेन्सी – रोमेलु लुकाकुको उच्च प्रदर्शन प्रेरित खेलमा इन्टर मिलानले इटालियन सिरी ‘ए’ मा बोलोग्नामाथि जित निकालेको छ । लुकाकुको दुई गोल सहयोगमा इन्टर मिलानले बोलोग्नामाथि २–१ को जित निकालेको हो ।

एक गोलले पछि परेको स्थितिमा लुकाकुले दुई गोल गरेपछि इन्टरले जित हात पारेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा ३ गोल सम्भव भएको थियो । ५९औं मिनेटमा रोवर्टाे सोरियानोको गोलबाट घरेलु टोली बोलोग्ना खेलमा अघि बढेको थियो ।

७५औं मिनेटमा लुकाकुले बराबरी गोल फर्काए । बराबरीतर्फ धकेलिएको खेलको इन्ज्युरी समयको दोस्रो मिनेटमा प्राप्त पेनाल्टीमा लुकाकुले गोल गर्दै इन्टर मिलानलाई २–१ को जितसहित महत्वपुर्ण ३ अंक दिलाए ।

जितसँगै इन्टरले शीर्षस्थानको युभेन्टस (२९) लाई दवाव बढाइरहेको छ । इन्टरको ११ खेलबाट २८ अंक छ । पराजित बोलोग्ना १२ अंकसहित १२औं स्थानमा छ ।

सिरी ‘ए’ कै अर्काे खेलमा रोमाले नेपोलीमाथि २–१ को जित निकालेको छ । रोमा २२ अंकसहित तेस्रो तथा नेपोली १८ अंक जोडेर सातौ स्थानमा छ ।

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

Success

Thank you for your time.