default_image

5 years ago

November 3, 2019

युभेन्टसको जितमा डि लेग्टको निर्णायक गोल

80 views

0 Bookmark

एजेन्सी – म्याथ्थिज डि लेग्टको युभेन्टसका लागि पहिलो र निर्णायक गोल गरेपछि इटालियन सिरी ‘ए’ मा टोरिनोमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ ।

टोरिनो डर्वीमा बल पोजेसनमा पकड जमाएपनि युभेन्टसलाई गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । ७०औं मिनेटमा गोन्जालो हिगुआइनको पासमा डि लेग्टले गोल गर्दै युभेन्टसलाई १–० को अग्रता दिलाए । त्यही गोल नै युभेन्टसलाई महत्वपुर्ण ३ अंक जोड्न पर्याप्त बन्यो ।

अपराजित रहेको युभेन्टसको सिरी ‘ए’ मा यो लगातार नवौं जित हो । युभेन्टसले दुई बराबरी खेलेको छ । जितसँगै युभेन्टस ११ खेलबाट २९ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित टोरिनो ११ अंकसहित १३औं स्थानमा छ ।

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

Success

Thank you for your time.