5 years ago
November 3, 2019
एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ । घरेलु टोली वाट्फोर्डलाई २–१ ले पराजित लिगको तेस्रो स्थानमा उक्लिएको हो ।
चेल्सीको ११ खेलबाट २३ अंक पुगेको छ । ३१ अंकसहित लिभपुल शीर्ष तथा २५ अंकसहित दोस्रो स्थानमा छ ।
भिकारेज रोड स्टेडियममा शनिबार राति भएको खेलमा चेल्सीको जितमा टम्मी अब्राहम र क्रिस्टियन पुलिसिसले गोल गरे । घरेलु टोलीका जेरार्ड डिउलोफिउले सान्त्वना गोल गरे । खेलको पाँचौ मिनेटमा जर्गिन्होको पासमा टम्मी अब्राहमले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए ।
५५औं मिनेटमा टम्मी अब्राहमको पासमा क्रिस्टियन पुलिसिसले गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनायो । ८०औं मिनेटमा जेरार्डले पेनाल्टीमार्फत गोल गरेपनि त्यसपछि थप गोल निस्कन नसक्दा चेल्सी २–१ ले विजयी हुन सफल भयो । वाट्फोर्ड ५ अंकसहित पुछारमा छ ।
March 3, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]
March 3, 2025
एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]