default_image

5 years ago

November 2, 2019

वाल्कर नायक बन्दा सिटीको रोमाञ्चक जित

65 views

0 Bookmark

एजेन्सी – काइल वाल्करले एक गोल गर्नुका साथै अर्काे गोलको लागि असिस्ट दिएपछि म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा पुनरागमन जित निकालेको छ । सिटीले साउथह्याम्पटनमाथि २–१ को जित निकालेको हो ।

इतिहाद स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोली सिटी खेलको १३औं मिनेटमा पछि परेको थियो । जेम्स वार्ड प्रोसको गोलबाट साउथह्याम्पटन खेलमा अघि बढेको थियो । एक गोलले पछि परेपछि सिटीले साउथह्याम्पटनलाई लगातार दवावमा राखेपनि बराबरी गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो ।

७०औं मिनेटमा सर्जियो अगुइरोले बराबरी गोल फर्काए । उनले केल वाल्करको पासलाई सदुपयोग गरेका थिए । खेल सकिन ४ मिनेट बाँकी रहँदा केल वाल्करले गोल गर्दै सिटीलाई २–१ को पूनरागमन जित दिलाए ।

जितसँगै सिटीले शीर्षस्थानको लिभरपुललाई लगातार दवाव बढाइरहेको छ । सिटी ११ खेलबाट २५ अंक जोडेर दोस्रो स्थानमा यथावतमा छ । सिटी शीर्षस्थानको लिभरपुलभन्दा ६ अंकले पछि छ ।

लिभरपुलले पनि एस्टन भिल्लामाथि २–१ कै पुनरागमन जित निकालेको थियो । लिभरपुल ३१ अंक जोडेर शीर्षस्थानमा यथावत छ । पराजित साउथह्याम्पटन ८ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा छ ।

अन्य नतिजा

बर्नमाउथविरुद्ध म्यानचेस्टर युनाइटेड (–०

आर्सनलविरुद्ध वल्भ्स (१–१)

एस्टन भिल्लाविरुद्ध लिभरपुल (१–)

ब्राइटनविरुद्ध नर्विच सिटी (–०)

सेफिल्ड युनाइटेडविरुद्ध बर्नली (–०)

वेस्टह्यामविरुद्ध न्यु क्यासल युनाइटेड (२–)

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

Success

Thank you for your time.