5 years ago
November 2, 2019
एजेन्सी – साविकको स्पेनिस ला लिगा विजेता क्याटलान क्लब बार्सिलोना लेभान्तेसँग स्तब्ध बनेको छ । बार्सिलोना घरेलु टोली लेभान्तेसँग ३–१ ले पराजित भएको हो ।
लेभान्तेमा शनिबार राति भएको खेलमा बार्सिलोनालाई स्तब्ध बनाउन जोस कम्पाना, बोर्जा मायोरल र नेमान्जा राडोजाले गोल गरे । दोस्रो हाफको सात मिनेटको अन्तरमा ३ गोल खाएपछि बार्सिलोना खेलमा पछाडी परेको थियो । त्यसअघि बार्सिलोनका कप्तान लिओनेल मेस्सीले सुरुवाती गोल गरेका थिए । मेस्सीले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
खेलको ३६ औं मिनेटमा बार्सिलोनाका नेल्सन सेमेडोलाई लेभान्तेक जोर्गे मिरामनले लडाएपछि रेफ्रीले बार्सिलोनालाई पेनाल्टी दिएका थिए । उक्त पेनाल्टीलाई मेस्सीले गोलरक्षकले डाइभ दिएको विपरित दिशामा प्रहार गर्दै अग्रता दिलाएका थिए । त्यसअघि लगातार आक्रमण बुनेको बार्सिलोनालाई लेभान्तेको डिफेन्सले रोकेको थियो ।
बार्सिलोनाले पहिलो हाफको २ मिनेट समय बाँकी रहँदा अग्रता दोब्बर पार्ने अवसर गुमायो । गोलरक्षक आइटर फर्नान्डेज पोजिसनमा नभएको अवस्थामा मेस्सीको प्रहारले पोस्टको दिशा लिन सकेन । मेस्सीको पेनाल्टीमा नै अग्रता लिएको बार्सिलोनाले दोस्रो हाफमा भने लयलाई कायम राख्न सकेन ।
दोस्रो हाफको सुरुवाती समयदेखि नै लेभान्तेले विपक्षी डिफेन्सलाई समस्या दिएको थियो । ६० औं मिनेटमा जोसे काम्पानाले डिफेन्सको कमजोरीको फाइदा उठाउँदै खेल बराबरीमा ल्याए । त्यसको तीन मिनेट नबित्दै घरेलु टोलीले अग्रता लियो । कम्पानाको पासमा रियल म्याड्रिडका पूर्व खेलाडी बोर्जा मायोरलले उत्कृष्ट फिनिस गर्दै लेभान्तेलाई अगाडी बढाए ।
दोस्रो गोल खाएको केहि मिनेटमा नै लेभान्तेले ३-१ को अग्रता लियो । फ्रिकिकमा क्लेमेन्ट लेङलेटले क्लियर गरेको बललाई नेमान्जा राडोजाले गरेको प्रहार डिफेन्सलाई लाग्दै गोलरक्षक मार्क आन्दर टेर स्टेगनलाई झुक्याउन सफल भयो । बार्सिलोनाले लगत्तै खेलाडी परिवर्तन गर्दै युवा फरवार्ड अन्सु फाटीलाई मैदान प्रवेश गराएको थियो ।
खेलको ७४ औं मिनेटमा मेस्सीले गोल फर्काएपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) ले उक्त गोललाई मान्यता दिएन । उक्त गोल गर्ने क्रममा एन्टोइन ग्रिज्मन पास दिने समयमा अफसाइड भएको भन्दै मेस्सीको गोल मान्य रहेको थिएन । त्यसपछि बार्सिलोनाले पर्याप्त अवसर सिर्जना गर्न सकेन र हार बेहोर्न बाध्य भयो ।
यो सिजनको ला लिगामा बार्सिलोनाको यो ११ खेलमा तेस्रो हार हो । यस्तै बार्सिलोनाको लगातार ८ खेल जित्ने यात्रामा समेत पुर्णविराम लागेको छ ।
हारपछि बार्सिलोनाले आफ्नो शीर्षतालाई मजबुत बनाउन चुकेको छ । बार्सिलोनाको ११ खेलबाट २२ अंक छ । एक खेल कम खेलेको रियल म्याड्रिडको २१ अंक छ । बार्सिलोनालाई पराजित गरेको लेभान्टे १७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । रियलले शनिबार नै हुने खेलमा रियल बेटिसको सामना गर्दैछ ।
March 3, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]
March 3, 2025
एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]