5 years ago
November 2, 2019
एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फ्रान्कफर्टसँग लज्जास्पद हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको बायर्न घरेलु टोली फ्रान्कफर्टसँग ५–१ को लज्जास्पद हार बेहोरेको हो ।
खेलको नवौं मिनेटमा जेरोमी बोएटिङलाई भिएआरको सहायतामा रातो कार्ड देखाउदै मैदानबाहिर पठाएपछि बायर्न १० खेलाडीमा समेटिदै समस्यामा परेको थियो । २५औं मिनेटमा फिलिप कोस्टिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ३३औं मिनेटमा डिजब्रिल सोले गोल गरेपछि फ्रान्कफर्टले खेलमा २–० को अग्रता लियो ।
३७औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा फर्काउने संकेत दिएका थिए । ४९औं मिनेटमा डेभिड अब्राहमले गोल गर्दै फ्रान्कफर्टलाई ३–१ को स्थितिमा ल्याए । फ्रान्कफर्टको गोल गर्ने क्रम अझै रोकिएन । ६१औं मिनेटमा मार्टिनले गोल गर्दै फ्रान्कफर्टको जित सुनिश्चित जस्तै गरे । ८५औं मिनेटमा गोन्कालोले गोल गर्दै बायर्नलाई ५–१ को लज्जास्पद हार चखाए ।
जितसँगै फ्रान्कफर्ट १० खेलबाट १७ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । पराजित बायर्न समान १० खेलबाटै १८ अंक जोडेर चौथो स्थानमा छ ।
March 3, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]
March 3, 2025
एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]