default_image

5 years ago

November 2, 2019

म्यानचेस्टर युनाइटेड फेरि स्तब्ध

83 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिगको यो सिजनमा म्यानचेस्टर युनाइटेडको खराब प्रदर्शन रोकिएको छैन । शनिबार टोलीले अर्को हार बेहोरेको छ । १० खेलमा ४ खेल गुमाइसकेको युनाइटेडले ४ मा बराबरी खेलेको छ भने मात्र ३ खेलमा जित हासिल गरेको छ ।

जोसुवा किङ्सको गोलमा यसपटक युनाइटेड एएफसी बोर्नमाउथसँग १–० ले स्तब्ध भएको थियो । युनाइटेड दुई पटक सम्म गोलको नजिक पुगेको थियो । तर, सफल हुन सकेन । एन्ड्रिस पेरिराको प्रहार क्रसबारबाट माथिबाट बाहिरिएको थियो । त्यस्तै ड्यानियल जेम्सको लामो प्रहार पोष्ट नजिकबाट बाहिरएको थियो ।

पहिलो हाफको अन्त्यमा बोर्नमाउथले अग्रता लिएको थियो । एडम स्थिमथको क्रसमा किङले गोल गरेका थिए । घरेलु टोलीले अग्रतालाई दोब्बर बनाउने अवसर पाएको थियो ।

कालुम विल्सनले ७५ औं मिनेटमा गरेको प्रहारलाई युनाइटेडका किपर डेभिड डि गियाले रोकेका थिए ।
पाँच खेलमा पहिलो जित हासिल गरेको बोर्नमाउथ १६ अंकका साथ छैटौं स्थानमा उक्लेको छ । आठौं स्थानमा रहेको युनाइटेडको १३ अंक छ ।

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

Success

Thank you for your time.