default_image

5 years ago

November 2, 2019

रियललाई बेन्जेमाकै भरोसा

74 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले रियल बेटिसको सामना गर्दैछ । पछिल्लो खेलमा लेगानेसमाथि ५-० को सहज जित दर्ता गरेको रियल लगातार तेस्रो जित हासिल गर्ने सुरमा हुनेछ ।

रियलका लागि लेगानेसविरुद्ध जारी सिजन अपेक्षित प्रदर्शन गर्न नसकेका खेलाडीले राम्रो प्रदर्शन गरेका थिए । गोलरक्षक थिबाउट कोर्टुवाले क्लिन सिट राख्दा लुका जोभिचले रियलका लागि पहिलो गोल गरे । यस्तै इडेन हाजार्डले पनि समर्थकहरुको मन जिते । उक्त प्रदर्शनलाई निरन्तरता दिएमा रियलले बेटिसविरुद्ध सहज जित दर्ता गर्ने आंकलन गर्न सकिन्छ ।

बेटिसले सान्टियागो बर्नाबाउमा खेलेका ५३ खेलमध्य ७ पटक मात्र जित दर्ता गरेको छ । यस सिजन बेटिसको प्रदर्शन खासै राम्रो हुन सकेको छैन । मुख्य मिडफिल्डर जिओभानी लो सेल्सो प्रिमियर लिग क्लब टोटेनहम गएपछि क्लबलाई केहि समस्या परेको छ । लिगको ११ खेल सकिंदा बेटिसको १२ अंकमात्र छ । रियलविरुद्ध खराब नतिजा आएको खण्डमा प्रशिक्षक रुबीको जागिर पनि खतरामा पर्नेछ ।

रियलका लागि यस खेलमा ग्यारेथ बेल, लुकास भाज्केज र हामेस रोड्रीग्वेज उपलब्ध छैनन् । युवा फरवार्ड भिनिसियस लेगानेसविरुद्ध खेलमा अनुपस्थित रहेपछि यसपटक भने टोलीमा समेटिएका छन् । मार्को एसेन्सियो र नाचो फर्नान्डेज चोटका कारण लामो समय मैदानबाहिर रहनेछन् । जारी सिजन उत्कृष्ट लयमा रहेका फरवार्ड करीम बेन्जेमामाथि रियलको भरोसा रहनेछ । उनले यस सिजन ७ गोल गरिसकेका छन् । लगातार आक्रमणमा अन्य खेलाडी परिवर्तन हुँदा बेन्जेमाले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गरेका छन् ।

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

Success

Thank you for your time.