5 years ago
November 2, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति ११ चरणका ८ खेलहरु हुदैछ । लिगको शीर्षस्थानमा रहेको लिभरपुलले एस्टन भिल्लाको भ्रमण गर्दा लिभरपुललाई पछ्याइरहेको म्यानचेस्टर सिटीले घरेलु मैदानमा साउथह्याम्पटनसँग प्रतिस्पर्धा गर्दैछ ।
खेल राति ८ः४५ बजेपछि हुनेछ । त्यसअघि साँझ ६ः१५ बजे बर्नमाउथले म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । लिभरपुल एस्टन भिल्लालाई उसकै मैदानमा पराजित गर्दै आफ्नो अग्रता थप मजवुत बनाउने लक्ष्यमा रहँदा सिटी पनि साउथ ह्याम्पटनलाई पराजित गर्दै लिभरपुलसँगको अंक दुरी छोट्याउने लक्ष्यमा रहनेछ ।
१०औं चरणमा लिभरपुलले टोटेनहममाथि २–१ को कठिन जित निकालेको थियो । भिल्ला सिटीसँग ३–० ले पराजित भएको थियो ।
यता, सिटीले भिल्लालाई ३–० को गोल अन्तरमा पराजित गरेको थियो । १० खेलाडीमा समेटिएर खेल अन्त्य गरेको साउथह्याम्टन लेस्टर सिटीसँग ९–० को भारी अन्तरले पराजित भएको थियो । साउथह्याम्पटन लेस्टरसँगको फराकिलो हारको पीडा भुलाउने लक्ष्यमा सिटीलाई स्तब्ध या बराबरीको नतिजा निकाल्ने लक्ष्यमा रहँदा सिटी साउथह्याम्पटनमाथि सहज जितको खोजीमा हुनेछ ।
१०औं चरणको खेल सकिँदा लिभरपुल ९ जित र एक बराबरीसहित २८ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलबाटै ७ जित, १ बराबरी र दुई हारबाट सिटी २२ अंक जोडेर दोस्रो स्थानमा छ । एस्टन भिल्ला ११ अंक जोडेर १५औं तथा साउथह्याम्पटन ८ अंकसहित रेलिगेसन जोनको १८औं स्थानमा छ ।
प्रिमियर लिगका आज रातिका अन्य खेलहरु
बर्नमाउथविरुद्ध म्यानचेस्टर युनाइटेड (साँझ ६ः१५ बजे)
आर्सनलविरुद्ध वल्भ्स (राति ८ः४५ बजे)
ब्राइटनविरुद्ध नर्विच सिटी (राति ८ः४५ बजे)
सेफिल्ड युनाइटेडविरुद्ध बर्नली (राति ८ः४५ बजे)
वेस्टह्यामविरुद्ध न्यु क्यासल युनाइटेड (राति ८ः४५ बजे)
वाटफोर्डविरुद्ध चेल्सी (राति ८ः४५ बजे)
March 3, 2025
सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]
March 3, 2025
एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]