default_image

5 years ago

November 2, 2019

नेयमारविनाको पीएसजी पुछारको टोलीसँग पराजित

91 views

0 Bookmark

एजेन्सी – सुरुवाती अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा पुछारको क्लब डिजनसँग स्तब्ध बनेको छ । ब्राजिलियन फरवार्ड नेयमार अनुपस्थित खेलमा पीएसजी घरेलु टोली डिजनसँग २–१ ले पराजित भएको हो ।

डिजनमा शुक्रबार राति भएको खेलमा केलियन एमबाप्पेको गोलमा पीएसजीले खेलको १९औं मिनेटमा अग्रता लिएको थियो । एमबाप्पेले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा मौनिर चोएयरले बराबरी गोल गरे ।

दोस्रो हाफको शुरुमै जोन्डर काडिजको गोलाट डिजनले खेलमा २–१ को अग्रता बनायो । खेलमा पछि परेपछि पीएसजीले दोस्रो हाफमा लगतार डिजनलाई दवावमा राखेपनि गोल गर्न सकेन ।

६४औं मिनेटमा एमबाप्पेको प्रहार पोस्टमा लागेर फर्कियो । ६६औं मिनेटमा एमबाप्पेको पासमा इकार्डी बराबरी गोलबाट चुक्यो । लगत्तै लियान्द्रो पारेडेसले प्रहार पनि पोस्टमा लाग्दै बाहिरिदा पीएसजी बराबरीबाट चुकेको थियो । त्यसपछि गोल निस्कन नसक्दा पीएसजी स्तब्ध बन्न पुग्यो ।

हारपछि पनि पीएसजी १२ खेलबाट २७ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएसजीलाई हराएको डिजन पुछारबाट उक्लँदै १८औं स्थानमा छ । डिजनको १२ अंक छ ।

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

Success

Thank you for your time.