8 years ago
June 16, 2016
आयोजक फ्रान्स जारी युरो कपको नक आउट चरण पक्क गर्ने पहिलो राष्ट्रिय बनेको छ । अल्बानियालाई २-० ले हराउदै यस अघी रोमानिया बिरुद्ध ३ अंक जम्मा गरेको फ्रान्सको अन्तिम १६को स्थान पक्का भएको छ ।
यस अघी रोमानिया बिरुद्ध पनि अन्तिम मिनेटमा गोल गर्दै जित पक्का गरेको फ्रान्सले अल्बानिया सँग पनि दुबै गोल ९० मिनेट पछी गरेको छ ।
प्रतियोगिता अघीको तयारी खेलमा सक्रिय रहेको फ्रान्सले आशा अनुरुप खेल्न नसके पनि पछिल्लो समयको दबाबलाई राम्रो सङ निप्ट्याउदै दुबै खेलमा ३ अंकको साथ फर्किदै युरोपियन च्याम्पियनसिपको अन्तिम १६ मा १ खेल अघी नै आफ्नो स्थान पक्का गर्न सफल रह्यो ।
फ्रान्सको जितमा एन्टोनियो ग्रीजम्यान र डिमिट्री पाएट्ले गोल गर्दै घरेलु समर्थकलाई रमाउन सफल भए ।
अल्बानिया बिरुद्ध २-० को जित हात पारेको स्विजरल्याण्डले रोमानियासँग बराबरको खेल खेल्दै अन्तिम १६ पुग्ने सम्भावना प्रवल बनाएको छ । २ खेलमा १ जित र १ ड्र सँग स्विटजरल्याण्ड ४ अंकको साथ फ्रान्स भन्दा तल समुहको दोस्रो स्थानमा छ ।
स्टान्चुको पहिलो हाल्फको पेनाल्टिमा अग्रता लिएको रोमानियाले दोस्रो हाल्फमा आफ्नो अग्रता गुमायो ।
रोमानियाले पहिलो हाल्फमा आफ्नो अग्रता दोब्बर गर्ने मौका गुमायो । क्रीस्टियन सपुनारु को प्रहार पोस्ट ले बिफल गरेर अग्रता लिना चुके पनि स्विटजरल्याण्ड ले खेल मा बडी दबाब सिर्जना गर्यो
November 17, 2024
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान धर्वेन्द्र कुँवरको ह्याट्रिकको सहयोगमा जावलाखेल युथ क्लबले ललित स्मृति एन्फा यु १८ युथ लिगमा सहज जित दर्ता गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा आइतवार जावलाखेलले सातदोबाटो युथ क्लबविरुद्ध ४-१ को जित हासिल गरेको हो । जावलाखेलका लागि अर्को गोल प्रशान्त तामाङले गरे । सातदोबाटोका लागि निसप्रकाश बरालले […]
November 17, 2024
एजेन्सी – जर्मनी र नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगमा सानदार जित निकालेका छन् । लिग ए ग्रुप ३ को पाँचौं चरणको खेलमा जर्मनीले तुलनात्मक रुपमा कमजोर बोस्निया एण्ड हर्जगोभिनामाथि ७–० को एकपक्षीय जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा जर्मनीको फराकिलो जितमा फ्लोरिएन रिट्ज र टिम क्लाइनडिस्टले समान २ तथा जमल मुसिएला, काई हाभर्टज र […]
November 16, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फरवार्ड जिलेस्पी जंग कार्की र रोहित चन्दको गोलमा नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अफगानिस्तानलाई पराजित गरेको छ । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालले २-० को जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमै जिलेस्पीले गोल गर्दै नेपाललाई अग्रता दिलाए । नेपालले अग्रता लिएपछि रक्षात्मक […]