default_image

5 years ago

November 1, 2019

दशरथ रंगशालामा फ्लडलाइट्सको सफल परिक्षण

109 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोट अन्तर्गत पाँचौ खेलमा नेपालले कुवेतको सामना गर्दैछ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय रंगशाला त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त खेलका लागि शुक्रबार साँझ फ्लडलाइट्सको सफल परिक्षण गरिएको छ ।

नेपाल र कुवेतबिचको खेल साँझ ५:४५ बजे हुने तयारी गरिएको छ । सोहिअनुरुप आज रंगशालाको फ्लडलाइट्सको सफल परिक्षण गरिएको हो । यससँगै पूर्वनिर्धारित समय अनुसार नै नेपाल र कुवेतबीचको खेल हुने पक्कापक्कि भएको छ । यसअघि कुवेतविरुद्ध अवे खेलमा नेपाल ७-० ले पराजित भएको थियो ।

शुक्रबार परिक्षण कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतको उपस्थिति रहेको थियो । राखेपले सागलाई लक्षित गरेर रंगशालाको तयारी थालेपनि विश्वकप छनोटको खेल समेत आयोजना गर्ने लक्ष्यसहित तयारी थालेको छ । यद्यपि समय अभाव हुँदा सागको चटारो काम सक्न हतारोझैं हुन पुगेको छ ।

दशरथ रंगशालामा यसअघि सन् २०१३ मा साफ च्याम्पियनसिपको फाइनल खेल फ्लडलाइट्समा खेलाइएको थियो । त्यसयता नेपालले रातमा खेल आयोजना गरेको वा खेलेको छैन । सन् २०१५ मा एएफसी यू-१४ गर्ल्स रिजनल च्याम्पियनसिप (साउथ एण्ड सेन्ट्रल) को अन्तिम दिनमा भूकम्प आएपछि त्यसयता पुनर्निर्माणमै रहेको रंगशालामा खेल हुन सकेको थिएन ।

यो पनि पढ्नुहोस् : सागको चटारो, काम सक्न हतारो

March 3, 2025

सुनगाभा सैनामैना गोल्ड कप सुरु हुँदै

सुमन अधिकारी, बुटवल रुपन्देहीको सैनामैना–४ मुर्गियामा प्रथम सुनगाभा सैनामैना गोल्ड कप आज सुरु हुँदैछ । सैनामैना फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक र गोर्खा ब्वाईज क्लबबिच प्रतिस्पर्धा हुनेछ। सैनामैना मैना रंगशालामा हुने प्रतियोगितामा दुई विभागीय टोली, आयोजक क्लब र एक भारतीय क्लबसहित १० टोलीको सहभागिता रहेको छ । सुनगाभा पब्लिक स्कुल मुर्गियाको टाइटल […]

March 3, 2025

मछिन्द्र र आर्मीले आज केपी ओली कपको फाइनल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक ए डिभिजन लिगका दुई टोली मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी फुटबल क्लबबिच आज केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा साँझ ६ बजे खेल सुरु हुने आयोजक नेपाल युवा संघले जानकारी दिएको छ। आर्मीले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीलाई माथ दिँदै केपी […]

March 3, 2025

बार्सिलोना पुनः ला लिगाको शीर्ष स्थानमा

एजेन्सी – बार्सिलोनाले पुनः स्पेनिस ला लिगाको‌ शीर्ष स्थानमा उक्लिएको छ। १० खेलाडीमा सीमित रियल सोसिडाडलाई आइतवार ४- ० ले हराएसँगै एट्लेटिको म्याड्रिडलाई पछि पार्दै बार्सिलोना शीर्षस्थानमा पुगेको हो । २६ खेलमा बार्सिलोनाको ५७ अंक, एट्लेटिको ५६ र तेस्रो स्थानको रियल म्याड्रिड ५४ अंक छ । सोसिडाड ३४ अंकका साथ नवौं स्थानमा छ । बार्सिलोनाका लागि जेरार्ड […]

Success

Thank you for your time.