5 years ago
November 1, 2019
काठमाडौं (हाम्रो खेलकुद)– दशरथ रंगशालाको पूर्ननिर्माण खेलप्रमीको अहिलेको मुख्य चासोको विषय रहेको छ । कारण त्यहाँ अर्को महिना त्यहाँ दुई महत्वपूर्ण प्रतियोगिता आयोजना हुँदैछ ।
मंसिर १५ देखि २३ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मुख्य आयोजना थलो रंगशालानै हो । सागको उद्घाटन र समापन त्यहि हुनेछ ।
सन् १९८४ को पहिलो र १९९९ को आठौं संस्करणको आयोजना पनि सोही रंगशालामा भएको थियो । साग अघि रंगशालामा नेपाल र कुवेतबीच विश्व कप छनोटको समूह चरणको खेल हुनेछ ।
२०७२ वैशाख १२ र २९ को विनाशकारी भूकम्पबाट क्षेति पुगेपछि रंगशाला प्रयोग गरिएको छैन । सोही वर्षको फागुनमा नेपालले १३ औं साग आयोजनाको जिम्मेवारी पाएपनि रंगशाला पूर्न निर्माणको काम भने सुस्त गतिमा भएको थियो ।
रंगशालाको पूर्ननिर्माणको काम भने अझै सकिएको छैन । निर्धारित मितिमा हुने भएको खण्डमा आजको ठिक एक महिनामा सागको उद्घाटन हुनेछ । पूर्न निर्माण सकिनेमा भने अहिले पनि ढुक्क हुने अवस्था छैन । भिआइपी प्यारापिटतर्फ छाना र सिट हाल्ने काम सुरु भएको छैन ।
साधारण प्यारापिटतर्फ भने पहिले नै छाना राखिसकिएको छ । सिट राख्ने काम बिहीबारबाट सुरु भएको छ । बिहीबार र शुक्रबार गरि २ हजार भन्दा बढी सिट जडान भएको फिल्ड इन्जिनियर अमर शाहले हाम्रो खेलकुदलाई जानकारी दिए ।
उनका अनुसार दिनको १ हजार देखि १ हजार २ सय सम्म सिट जडान गर्ने लक्ष्य राखिएको छ । साधारण प्यारापिटतर्फ १२ हजार भन्दा कहि बढी सिट राखिने बताइएको छ । ‘१५ जना कामदार खटिएका छन्,’ उनले भने,‘ साधारणतर्फको सिट हामी १० देखि १२ दिन भित्रमा राखिसक्नेछौं ।’
भिआइपिएतर्फ भने ३ हजार सिट राखिने भएको छ । चार रंगका सिट रंगशालामा विछइने बताइएको छ । ‘साधारण र भिआइपी दुवैतर्फ रातो, निलो, हरियो र पहेलो गरि चार रंगका कुर्सी राखिनेछ,’ इन्जिनियर शाहले भने,‘ विश्व कप छनोट र सागलाई नै लक्षित गरेर हामीले काम अघि बढाइरहेका छौं । विश्व कप अघि साधारणतर्फका सिटको काम सकिनेछ ।’
साधारणतर्फ राखिने कुर्सी मध्ये ८ हजार कुर्सी आइसकेको र बाँकी केहि दिनमा आउने पनि उनले जानकारी दिए । कुर्सीको कामसँगै साधारण प्यारापिटतर्फ पर्खाल रंगाउने काम पनि सुरु भएको छ । त्यस्तै मैदानको काम पनि सँगसँगै अघि बढिरहेको छ ।
विश्व कप छनोटमा नेपालले ४ खेल खेलिकसको छ । भदौमा कुवेत र चाइनिज ताइपेसँग खेलेको नेपालले असोजमा अष्ट्रेलिया र जोर्डनसँग खेलेको थियो । त्यसमध्ये एक मात्र जित नेपालले चाइनिज ताइपेविरुद्ध निकालेको थियो ।
जसमा अन्जन विष्टको दुवै गोलमा नेपाल २–० ले विजयी भएको थियो । बाँकी ३ खेलमा नेपालले १५ गोल खायो र गोल गर्न सकेन । नेपालले कुवेतसँग ७–०, अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० को हार बेहोरेको थियो ।
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपमा च्याम्पियन मच्छिन्द्र क्लबका सनिश श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी चुनिएका छन्। उनलाई १ लाख रुपैयाँ र यामाहा बाइक प्रदान गरियो। व्यक्तिगत पुरस्कारमा मच्छिन्द्रको वर्चस्व रहयो। स्टेफेन जनाहा जाली सर्वाधिक गोलकर्ता, विशाल श्रेष्ठ उत्कृष्ट गोल किपर र आर्मीका निराजन धामी उदयीमान खेलाडी चुनिए। तीनै जनाले जनही ५० हजार रुपैयाँ र यसमाहा […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )- केपी ओली कपको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले माथ दिंदै मच्छिन्द्र एफसी उपाधिमा ह्याट्रिक गर्न सफल भएको छ। विमल पाण्डेको आत्मघाती गोल र स्टेफनको गोलमा मच्छिन्द्रले सिजनको दोस्रो उपाधि जितेको छ। दशरथ रंगशालामा आज भएको फाइनल खेलको २९ औं मिनेटमा मच्छिन्द्रले अग्रता बनायो। एन्ड्रेस नियाको पासमा सनिश श्रेष्ठले गरेको […]
March 3, 2025
काठमाडौं (हाम्रो खेलकुद )-नेपाल सुपर लिग (एनएसल) को फ्रेन्चाइज टिम धनगढी एफसीले विदेशी खेलाडीको कोटामा अफ्रिकन फरर्वाड ओलावाले आफिजलाई निरन्तरता दिएको छ। धनगढीले सोमवार विज्ञप्ति जारी गर्दै ओलावालेलाई निरन्तरता दिएको जनाएको हो। यसअघि दुई संस्करणमा धनगढी फाइनलमा पुग्दा उनको भूमिका महत्वपूर्ण रहेको थियो। य उनी लागातर तेस्रो सिजन पनि धनगढीको रोजाईमा परे। नाइजेरियन फरर्वाड ओलावाले […]