default_image

5 years ago

November 1, 2019

गेटाफेसँग ग्रानडाको हार

62 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत बिहीबार भएको खेलमा ग्रानडाले गेटाफेसँग हार बेहोर्दै शीर्षस्थानमा उक्लने अवसर गुमाएको छ ।

गेटाफेले घरेलु मैदानमा ३-१ को सहज जित दर्ता गर्दै ग्रानडाको उच्च लयमा पूर्णविराम लगाएको हो । खेलको ३५ अौं मिनेटमा एन्जल रोड्रिग्वेजले मार्क कुकुरेल्लाको पासमा गोेल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसको ५ मिनेटमै माउरो अरम्बारीले गेटाफेको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको मध्यतिर ग्रानडाले गोल गर्दै खेलमा फर्कने सम्भावना देखायो । एन्टोनियो पुएर्टासले ७४ अौं मिनेटमा गोल गर्दै अग्रता कम गराएका थिए ‌। तर निर्धारित समयको २ मिनेट बाँकी रहँदा डेविड टिमोरले गेटाफेको २ गोलको अग्रता पुन: स्थापित गरे ।

लिगमा ११ खेल खेलेको ग्रानडाको यो तेस्रो हार हो । यस नतिजासँगै ग्रानडा २० अंकसहित लिगको तेस्रो तथा गेटाफे १६ अंक जोड्दै नवौं स्थानमा छ । समान १० खेल खेलेका बार्सिलोना र रियल म्याड्रिड क्रमश: २२ र २१ अंकसहित शीर्ष दुई स्थानमा छन् ।

March 2, 2025

एन्फा महासचिव राईविरुद्ध पूर्व अध्यक्ष थापाको उजुरी

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापाले आफ्नो चरित्र हत्या गरेको भन्दै एन्फा महासचिव किरण राई विरुद्ध आइतवार उजुरी दिएका छन् । अध्यक्ष रहँदा एन्फाको १७ करोड रुपैयाँ हिनामिना गरेको र पछि सम्पत्ति शुद्धीकरणको छानबिनपछि आफूले ८ करोड रुपैयाँ एन्फाको खातामा जम्मा गरेको जस्ता आधारहिन आरोप लगाएर चरित्रहत्या गर्ने […]

March 2, 2025

उज्वेक टोली ब्ल्याक बुल्सले मेचीनगर गोल्डकप खेल्ने

हिमाल खरेल, बिर्तामोड पाँचौ मेचीनगर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा उज्वेकिस्तान ब्ल्याक बुल्स एफसी सहभागी हुने पक्का भएको छ । नेपालमा पहिलोपटक आएको ब्ल्याक बुल्सले २४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको थियो ।सोही टोली काँकरभिट्टा आउने निश्चित भएको आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका सल्लाहकार शेरबहादुर बस्नेतले हाम्रो खेलकुदलाई जानकारी दिए । आयोजकले […]

March 2, 2025

मच्छिन्द्रको ह्याट्रिक यात्रामा आर्मी चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- त्रिभुवन आर्मी फुटबल क्लबले यो वर्ष पहिलो पटक नकआउट प्रतियोगिताको उपाधिका लागि खेल्दैछ। आर्मीले केपी ओली कपको फाइनलमा सोमवार साविक विजेता मच्छिन्द्र एफसीको सामना गर्नेछ। आर्मीलाई माथ दिँदै केपी ओली कपमा मच्छिन्द्र ह्याट्रिक गर्ने योजनामा छ । दशरथ रंगशालामा आफ्नो लागि दुर्लभ जस्तै फाइनलमा आर्मी मच्छिन्द्रलाई हराउँदै च्याम्पियन बन्ने दाँउमा हुनेछ। आर्मीले […]

Success

Thank you for your time.